नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4808 · वि.सं. २०५०
नि.नं. 4808 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तीन अंशियारका नाउँमा पुर्खौली जग्गा दर्ता भएको तीनै जनाले अन्य व्यक्तिबाट जग्गा खरिद गरी केही बढाएको कुरा फिराद लेखबाट समेत देखिन आएको छ । यसरी अंशियार आपसमा र अन्य व्यक्तिसँग खरिद विक्री आदि व्यवहारगरेको समेत देखिन आएको, वादीको मेरो अंश भाग घटी भयो दामासाहीले पाउनुपर्ने पाइन भन्ने दावी नभई वण्डा नै भएको छैन भनी २०१५ साल २०२४ सालमा मानो छुटिएको भनी अलग अलग मिति देखाई २०४६ सालमा मात्र फिराद परेको देखिँदा समेत मानो मात्र छुटिएको नभई व्यवहारबाट पुर्खौली सम्पत्ति वण्डा लिई छुटिएको देखिन आउने हुँदा पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र. नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4808 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2050/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4808 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
