नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4785 · वि.सं. २०५०

नि.नं. 4785 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै पनि उद्योगले आफ्नु उत्पादन प्रारम्भ भएपछिको उत्पादित सामानको विक्री वितरणको फलस्वरुप आय आर्जन गर्ने र सो आयमा मुनाफा भएको खण्डमा आयकर लाग्ने हुँदा आयकरको प्रयोजनको लागि उत्पादन प्रारम्भ भएपछि नै उद्योगको आयकरको मुल्याकंन हुनु कानूनसँगत हुन्छ । उत्पादन प्रारम्भ नभएको अवधिमा आय कर तिर्ने प्रयोजन नै नहुने हुँदा उत्पादन प्रारम्भ हुनु अगावैको अवधिलाई उद्योग स्थापना भएको भन्ने र सोही वखतको कानून लागू हुन्छ भन्नु तर्क संगत नहुने । (प्र.नं. ८) (२) आयकर र अन्तशुःक बेग्ला बेग्लै विषय भएकोले अन्तशुल्क बारे एउटा निर्णय भई सुविधा पाए भन्दैमा आयकर पनि सोही बमोजिम छुट पाउनु पर्ने कानूनी बाध्यता नदेखिने । (प्र.नं. ८) (३) औद्योगिक व्यवसाय ऐन, २०३८ लागू हुने भएपछि औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(ग) अनुसार यो उद्योग आयात प्रतिस्थापक हो वा निर्यातमूलक हो भन्नेप्रश्न तर्फ विचार गर्नु पर्ने नै स्थिति नआएकोले उद्योगको उत्पादन प्रारम्भ हुँदा लागू रहेको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) को (२) बमोजिम मुल्य अभिवृद्धिको मापदण्डले ५ वर्षको आयकर सुविधा प्रदान गरेको कर कार्यालयको निर्णय कानून विरुद्ध छ भन्न नसकिने हुँदा निवेदन जिकिर बमोजिम उत्प्रेषणको आदेश जारी हुन नसक्ने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4785
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4785
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्