नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4767 · वि.सं. २०५०

नि.नं. 4767 — ढुंगाखानी संचालन गर्न दिई पाउन सक्ने परिमाण भन्दा बढी लकडी उपलब्ध गराई भ्रष्टाचार गरि अख्तियार दुरुपयोग गरे

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अभियोग पत्रमा नै दावी नभएको आरोपमा पुनरावेदन पत्र तथा बहस जिकिरमा उठाइएको कुराबाट अभियोग कायम गर्न नमिल्ने । (प्र.नं. २२६) (२) मन्त्रिको अधिकारी मन्त्री परिषदकै निर्णयबाट मात्र सिमित हुन सक्छ । (प्र.नं. २२९) (३) श्री ५ को सरकार मन्त्री परिषद्बाट निर्णय नभएको कुरामा मुख्य सचिवबाट निर्देशानुसार भनी लेखिएको पत्रले विभागीय मन्त्रीलाई नियन्त्रण गर्न नसक्ने । (प्र.नं. २२९) (४) समान स्थितिका व्यक्तिहरुले कानूनको समान संरक्षण पाउनुपर्ने कुरालाई नकार्न नमिल्ने । (प्र.नं. २२९) (५) व्यवस्थापनको लागि भएको निर्णयले मन्त्रीलाई प्रभावित गर्न नसक्ने । (प्र.नं. २३०) (६) उद्योगको क्षमता नै निर्धारण नभै कति लकडी उपलब्ध हुँदा बढी परिमाण भयो भन्ने निश्चित गर्न नसकिने । (प्र.नं. २३१) (७) सम्झौताको उद्देश्य अनुरुप कुनै व्यक्ति वा पक्षबाट सो कार्यको उल्लंन हुन्छ भने त्यसको जिम्मेवार उ स्वयं हुन्छ । कच्चा पदार्थ उपलब्ध गराउने पक्षलाई दोषी करार गर्न नमिल्ने । (प्र.नं. २३१) (८) कानून बमोजिम जसले जे गर्नुपर्ने हो सो कार्य कसैले गर्दैन भने त्यस्तो कार्यको लागि अन्य कुनै व्यक्तिलाई सजायभागी बनाउन न्यायको सामान्य सिद्धान्त प्रतिकूल हुने । (प्र.नं. २३१) (९) दर्तावाला उद्योगले कच्चा पदार्थ उपलब्ध गर्दा नियम बमोजिमको दस्तुर तिरी लिएकोमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग हानी नोक्सानी भएको भन्न नमिल्ने । (प्र.नं. २३२) (१०) रोयल्टी बढाएर उद्योगवालालाई बिक्री गर्ने क्रियाले राजश्वमा प्रतिकूल असर नपरेको । (प्र.नं. २३२) (११) वादी पक्षले आरोप नै नलगाएको कसुरमा अदालत अग्रसर भै सजाय गर्नु न्यायोचित नहुने । (प्र.नं. २३२) (१२) आफ्नो कार्यकालमा लकडो रोयल्टी बढाएर राजश्व वृद्धि गराई श्री ५ को सरकारबाट स्वीकृत कोटा भित्रको मात्र लकडी इजाजत प्राप्त उद्योगवालाहरुलाई मात्र दिन आदेश दिएकोबाट राष्ट्रिय सम्पत्तिलाई हानी पुर्‍याउने बदनियत थियो वा सो कार्य लापरवाहीपूर्ण कार्य हो भन्न सकिने अवस्था छैन । (प्र.नं. २३३) (१३) बदनियत र लापरवाही फरक फरक कार्य हुन् । (प्र.नं. २३३) (१४) आरोप पत्रमा यो यो कार्य बदनियतपूर्ण र अमूक कार्य यस कारण लापरवाहीपूर्ण छ अथवा भएको भनी तथ्यपूर्ण किटानी दावी नभएको बदनियत र लापरवाही प्रमाणित हुन नसकेको र क्षमता भन्दा बढी परिमाणमा उपलब्ध गराइएको भन्ने कुरा पुष्टि हुन नसकेकोले सो बदनियत र लापरवाहीको आरोप तथ्ययुक्त देखिएन । तथ्ययुक्त आधारको आरोप बेगर अदालतले कसूर कायम गर्नु न्यायसँगत नहुने । (प्र.नं. २३३) (१५) विभागीय मन्त्रीले यति परिमाण मात्र लकडी उपलब्ध गराउने भन्ने व्यवस्था नभएको र मन्त्रीले बढी परिमाणमा लकडी उपलब्ध गराएको भन्ने अभियोग नै कायम रहन नसक्ने भएपछि मन्त्रीको तोक आदेश बमोजिम लकडी उपलब्ध गराएको विषयमा मात्र यी प्रतिवादीलाई कसुरदार मान्न नमिल्ने । (प्र.नं. २३४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4767
मुद्दाको विषयढुंगाखानी संचालन गर्न दिई पाउन सक्ने परिमाण भन्दा बढी लकडी उपलब्ध गराई भ्रष्टाचार गरि अख्तियार दुरुपयोग गरे
निर्णय वर्ष / मिति2050/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4767
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्