नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4763 · वि.सं. २०५०

नि.नं. 4763 — उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भ्र.नि.ऐन, २०१७ को दफा २१ मा दफा २०(१) र (२) अन्तर्गत विभागीय सजाय पाएको राष्ट्र सेवकले निज उपर दफा २४ अनुसार मुद्दा चलाइएकोमा सो मुद्दा हेर्ने अदालतबाट मुद्दाको किनारा भएको मितिले र मुद्दा नचलाइएको विभागीय सजायको आदेश पाएको मितिले ३५ दिन भित्र विभागीय सजायको आदेश उपर प्रशासकीय अदालतमा पुनरावेदन गर्न सक्नेछ भन्ने व्यवस्था हुँदा र ने.का.प. २०४७ अंक ३ नि.नं. ४०७८ को मुद्दा प्रतिपादित सिद्धान्त बमोजिम समेत वि.प्र.वि. को निर्णय पर्चामा अदालतमा मुद्दा चलाइनेछ भन्ने उल्लेख सम्म भएको तर मुद्दा धेरै समय सम्म नचलाइएको प्रस्तुत निवेदनमा वि.प्र.वि. को मिति २०४६।१।२२ को निर्णय उपर प्रशासकीय अदालतमा ऐनका म्याद भित्र पुनरावेदन लाग्ने नै देखिन्छ । तर प्रस्तुत निवेदनमा निवेदकले पुनरावेदनको लागि प्रशासकिय अदालतमा निवेदन दर्ता गराएपछि निवेदन आफैले दिएको नियम बमोजिम तारेखमा बस्न नपर्ने भए तापनि आफूलाई सरोकार भएको विषयमा समय समयमा के कसो भएको छ, बुझ्दै रहने कर्तव्य हुन्छ । तसर्थ मिति २०४६।३।५ मा निवेदकले प्रशासकिय अदालत समक्ष पुनरावेदन दर्ता गराएको र सो उपर प्रशासकीय अदालतबाट ०४६।३।९ मा आदेश भएकोमा सो आदेश समयमै थाहा पाइन तथा रिट निवेदन दायर गर्न ढिलाई नै भए पनि यसबाट तेश्रो पक्षको हक सृजित नभएको भनी विलम्बको सिद्धान्त आकर्षित हुँदैन भन्न सकिएन । अतः निवेदकले आफ्नो हक अधिकारको सम्बन्धमा व्यवास्ता गरी लगभग ३ वर्षसम्म चुप लागी बसी मौकामा भएको आदेश थाहा पाउने मनासिव तवरले प्रयास गरेको तथा सजग रहेको नदेखिंदा र किन विलम्व भएको हो त्यस्को मनासिव कारण देखाउन नसकेको देखिंदा रिट निवेदन खारेज हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4763
मुद्दाको विषयउत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4763
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्