नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4761 · वि.सं. २०५०

नि.नं. 4761 — जग्गा हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन व्यवहारको ११ नं. को व्यवस्था हेर्दा कसैले आफ्नो हक पुग्ने अचल सम्पत्ति विक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जुरी दिने बाहेक सो विक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिमको कुनै हकवालाले निखनी लिन चाहेमा सो किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिनासम्ममा थाहा पाएको पैंतीस दिन भित्र निखनी लिन पाउँछ भन्ने समेत व्यवस्था भएको पाइन्छ । यसबाट किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना भित्र निखनी लिन चाहनेले थाहा पाएको हुनुपर्ने स्पष्ट देखिन्छ । थाहा पाउने कार्य रजिष्ट्रेशन पास भएको लिखतको नक्कल सारी लिएकोबाट मात्र हुने नभई थाहा पाएको कार्य अन्य जरिया, कारणबाट पनि हुन सक्ने उक्त कानूनी व्यवस्थाबाट देखिन्छ । अन्य जरिया कारणबाट थाहा हुन नसकेकोमा रजिष्टे«शन भएको लिखतका नक्कल सारी लिएकोबाट थाहा पाउने कारण मध्ये एक हुन सक्तछ । उक्त कानूनी प्रावधानले थाहा पाउन नक्कल सारी थाहा पाउने भनी थाहा पाउने अन्य जरिया कारणलाई सीमित गर्न नमिल्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4761
मुद्दाको विषयजग्गा हक सफा
निर्णय वर्ष / मिति2050/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4761
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्