नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4760 · वि.सं. २०५०
नि.नं. 4760 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट निवेदकले के.वि. साइकिल स्टोर्स पाटनको लागि साइकिलको विभिन्न पार्टपूर्जाहरु बुक गरी पठाएकोमा पक्राउ परी भंसार कार्यालयमा कारवाहीको अवस्थामा रहेको कुरामा कुनै विवाद छैन । भंसार कार्यालयबाट जारी भएको सूचनाको म्याद भित्र निवेदक सबुद प्रमाण सहित हाजिर भएको देखिदैंन । निवेदकले बुक गरीपठाएको साइकिलको पार्टपूर्जाहरु भन्सार तिरेको सामान हो होइन भने प्रमाणको मूल्याकंन गरि रिट क्षेत्रबाट हेर्न मिल्ने देखिदैंन । साथै भंसार कार्यालयबाट कुनै निर्णय भएको पनि मिसिलबाट देखिदैंन । रिट निवेदक भंसार कार्यालयबाट निर्णय गराउने तर्फ लाग्नुपर्नेमा सो नभएबाट भंसार कार्यालयलाई इन्कार गरेको देखिएबाट प्रस्तुत रिट निवेदन अपरिपक्व (Premature) भएको देखिन आयो । अतः माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज हुने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4760 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/02/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4760 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
