नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4757 · वि.सं. २०५०

नि.नं. 4757 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हिसाब किताब अमान्य नभएको कुनै पनि करदाताले आफ्नो हिसाब किताबको आधारमा दिएको आयको विवरणबाट करदाताको वास्तविक आय देखिन्छ र करदाताले आफ्नो वास्तविक आय फरक पर्ने गरी विवरण दिएको छैन भने सो विवरणको आधारमा कानुनद्वारा कटाउन मिल्ने खर्च कटाई आय निर्धारण गर्न बाधा नदेखिने । (प्र.नं. ७) (२) निवेदक करदाताले पाउरोटीको निर्धारित मूल्यमा कमिशनको अंक कटाई बाँकी मात्र पाउने गरेको भन्ने कुरा समेत विवाद देखिदैंन । यस स्थितिले गर्दा निवेदकले कमिशनको अंकलाई आफ्नो हिसाबमा नदेखाएको र देखाउनु नपरेको भन्ने निवेदक पक्षको कथन छ । यद्यपी निवेदक पक्षको सो कथनलाई नमान्ने हो र निवेदकले आफ्नो हिसाबमा पाउरोटी विक्रीबाट प्राप्त रकममा निर्धारित मूल्य नै देखाउनु पर्ने हो भने स्वभावतः लेखा राख्ने विधि अनुसार रिक्सा र भ्यान चालकले प्राप्त गरेको कमिशनको अंकलाई खर्च देखाउनु पर्ने हुन्छ । यस्तो खर्चलाई आयकर ऐन, २०३१ को दफा १२ को उपदफा (१) को खण्ड (ज) बमोजिम आम्दानी रकममा कट्टी गरी खुद आय निकाल्नुपर्ने व्यवस्था समेत रहेको छ । कानुनको सो व्यवस्था बमोजिम कर दाताको खुद आय निर्धारण गरी त्यसमा कर लगाउने गरेको नदेखिएकोले कर कार्यालय काठमाडौंको कर निर्धारण आदेश र सो सदर गरेको राजश्व न्यायाधिकरण काठमाडौंको फैसला त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । कानून बमोजिम गर्नु भनी विपक्षीका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4757
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4757
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्