नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4756 · वि.सं. २०५०

नि.नं. 4756 — परमादेशको मिश्रित उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भक्तपुर जिल्ला अदालतबाट भएको आदेश उपर पुनरावेदन अदालत ललितपुर पाटनमा अ.वं. १७ नं. अन्तर्गत निवेदन दिई निर्णय भएपछि निवेदक यस अदालतमा रिट क्षेत्रबाट प्रवेश गर्न आएको देखियो । मुद्दामा भएको उक्त कारवाही सम्बन्धी आदेशको जानकारी निवेदकले नपाएको भन्न नमिल्ने हुँदा यसमा सुसूचित हुने संवैधानिक अधिकारको प्रश्न नै उठन नसक्ने । (प्र.नं. ८) (२) मुद्दा जिल्ला अदालतमा विचाराधीन रही रहेको अवस्था देखिन्छ । निर्णय भए पछि चित्त नबुझेका बुँदा र कुराहरुमा पुनरावेदन गर्न पाउने कानुनी अवस्था विद्यमान छँदा छँदै रिट क्षेत्रमा प्रवेश गरेको पनि कानुन संगत देखिन आएन । निवेदकको निवेदन व्यहोराबाट पनि निवेदकको कुनै मौलिक हक अथवा कानुनी हकमा आघात पुगेको स्थिति छैन र देखिदैंन । यस प्रकारको अवस्थामा निवेदकलाई रिट क्षेत्रमा प्रवेश गर्नुपर्ने अवस्था नै विद्यमान नहुँदा रिट निवेदन नै लाग्न नसक्ने हुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4756
मुद्दाको विषयपरमादेशको मिश्रित उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4756
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्