नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4754 · वि.सं. २०५०

नि.नं. 4754 — उत्प्रेषण एवं परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शहिद मान्ने कुरा कुनै ऐन कानुनद्वारा निर्धारित भएको देखिदैंन । कुनै कार्यको सिलसिलामा कसलाई शहिद मान्ने भन्ने कुरा आ–आफ्नो परिभाषा र समक्षको आधारमा वीनिश्चय हुने गरेको परम्परा विश्वभरमा प्रचलित देखिन्छ । एउटा पक्षले शहिद मानेकोलाई अर्को पक्षले शहिद नमानेको पनि हुन्छ । अतः एवं श्री ५ को सरकारले जन आन्दोलन प्रारम्भ भइ आन्दोलन समाप्तिको घोषणा भएको समयभित्र आन्दोलनको दौरान मृत्यु भएकोलाई शहिद मान्ने नीति मिति २०४७।१०।४ मा निर्धारित गरेकोमा मिति २०४६।१२।२८ गते मृत्यु भएका प्रकाश रिजाललाई पनि शहिद मान्नैपर्छ भनी वाध्य गर्न सकिने कानुनी आधार देखिदैंन । गोरखापत्रमा प्रकाशित सूचना हेर्दा उक्त सूचनामा प्रकाशित नामावली नाम थप्न वा संशोधन हुने तात्पर्यका लागि प्रकाशित भएको कुरा त्यस व्यहोराबाट नै देखिन्छ । यसमा मुल कुरा के छ भने रिट क्षेत्रमा प्रवेश गर्दा निवेदिकालाई संविधानको कुन चाहि धारा वा नेपाल कानुनद्वारा प्रदत्त कुरा चाहि कानुनले प्रदान गरेको हक हो र त्यस्तो कुन कानुन हनन् भएको छ सो समेत रिट निवेदनपत्रमा खुलाउन सकिएको देखिएन । कानुनी आधार अभाव भएको स्थितिमा श्री ५ को सरकारले निर्णय गरी शहिद मान्ने भनी तोकेको मिति भित्र प्रकाश रिजालको मृत्यु नभएकोमा शहीदको सूचीमा समावेश गरी पाउँ भन्ने विषय रिटबाट विचार गर्नु पर्ने र हेर्नु पर्ने विषय नै नभएको समेतबाट रिट निवेदनपत्र लाग्नै नसक्ने हुँदा खारेज हुने । (प्र.नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4754
मुद्दाको विषयउत्प्रेषण एवं परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4754
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्