नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4737 · वि.सं. २०५०

नि.नं. 4737 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रिट निवेदिकाले जग्गा प्राप्ती ऐन, २०३४ तत्कालिन नेपालको संविधान २०१९ को धारा १७ प्रतिकुल हुनुको साथै अवैध र बदर योग्य छ भन्ने समेतको जिकिर रिट निवेदनमा लिएको देखिन्छ । यस विषयमा नन्द कुमारी रावल विरुद्ध हेटौंडा सिमेन्ट कारखाना समेत भएको रिट निवेदनमा “जग्गा प्राप्ती ऐन, २०३४ तत्कालिन नेपालको संविधान, २०१९ को धारा १५ अन्तर्गत विधायिकाद्वारा निर्मित्त भएको हुँदा धारा १७ र ५५ अन्तर्गतको विशेष प्रकृया पुरा हुनु आवश्यक छैन र ऐनको प्रस्तावनामा धारा १७(२) अन्तर्गतको वाक्याँशको उल्लेख नहुँदैमा यसलाई असंवैधानिक भन्न नमिल्ने” भनी सर्वोच्च अदालत पूर्ण इजलासबाट निर्णय भै सिद्धान्त समेत प्रतिपादन भैसकेको हुँदा उक्त ऐन गैर संवैधानिक भयो भन्ने रिट निवेदन जिकिर उक्त सिद्धान्त समेतको आधारमा मिल्ने नदेखिने । (प्र.नं. ४) (२) २०३८ सालमा नै अधिग्रहण गर्ने गरी भैसकेका काम कारवाही तथा निर्णय समेत बदर गराई माग्न मात्र प्रस्तुत रिट निवेदन दर्ता हुन आएको देखिन्छ । यसरी विलम्ब गरी रिट निवेदन दिनु परेको उचित र मनासिव कारण रिट निवेदिकाले रिट निवेदनमा उल्लेख गर्न सकेको समेत देखिन्न । यसर्थ विलम्वको सिद्धान्तको आधारमा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4737
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/04/21
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4737
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्