नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4716 · वि.सं. २०५०
नि.नं. 4716 — सम्बन्ध विच्छेद
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सम्बन्ध विच्छेदको निवेदन लोग्ने स्वास्नीको १(क) बमोजिम गा.पं. मा परी सो गा. प. ले गरिदिएको सिफारिसलाई जालसाजी भनी पुनरावेदिकाले नालेश दिएकोलाई जिल्ला अदालतले मुलतवी राखेको देखियो । जुन सिफारिसलाई मुख्य आधार मानी जिल्ला अदालतले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको छ सोही आधार नै विवादित भएपछि सो लिखत जालसाजी हो होइन भन्ने प्रश्नको निर्णय गरेर तदनुकूल यस मुद्दाको औचित्यमा विचार गर्नु पर्नेमा जालसाजी र अंश मुद्दालाई मुलतवी राखी सम्बन्ध विच्छेद गर्ने गरेको जिल्ला अदालतको निर्णय र त्यसलाई सदर गरेको अञ्चल अदालतको फैसला तथा सो उपर पुनरावेदनको अनुमति प्रदान नगरेको क्षेत्रीय अदालतको आदेश कानूनन् भनै ने.का.प. २०४६ पृष्ठ ५३५ मा प्रकाशित नजीर समेत विपरित हुँदा बदर हुने । (प्र. नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4716 |
|---|---|
| मुद्दाको विषय | सम्बन्ध विच्छेद |
| निर्णय वर्ष / मिति | 2050/03/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4716 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
