नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4681 · वि.सं. २०५०

नि.नं. 4681 — केही सार्वजनिक अपराध

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को ऐनको व्यवस्था हेर्दा दफा २ (च) को कसूर हुनको लागि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्‍याएको हुनु पर्ने र सो क्षति पुर्‍याउने कार्य हुल हुज्जत गरी भएको हुन अनिवार्य देखिने । (प्र.नं. २१) (२) हाम्रो जस्तो हिन्दु धर्माबलम्बी समाजमा बर पिपल उखेली दिने सामान्य स्थिति नहुने र ठूलो भइसकेको बर पिपल काटी ढलाई क्षति पुर्‍याएको भन्ने भनाई नभै उखेली दिएको भन्ने सम्म जिकिर देखिन्छ । बोट काटकुट आदि कार्य गरी क्षति पुर्‍याएको भन्ने उल्लेख नभएको हुंदा र हुल हुज्जत समेत गरेको स्थिति नहुंदा समेत केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को दफा २(च) मा परिभाषा गरिए अनुसारको कानूनी पूर्व शर्त विद्यमान भएको देखिन नआउने । (प्र.नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4681
मुद्दाको विषयकेही सार्वजनिक अपराध
निर्णय वर्ष / मिति2049/12/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4681
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्