नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4675 · वि.सं. २०४९
नि.नं. 4675 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) फैसला भएको करीब ७ वर्षसम्म कुनै कानुनी प्रकृया अवलम्बन नगरी विलम्ब गरी हाल मिति २०४९।१२।८ मा प्रस्तुत रिटनिवेदन दायर गर्नु पर्ने कुनै कारण अवस्था परेको भन्ने निवेदनबाट देखिँदैन । यस स्थितिमा अनुचित विलम्ब गरी यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गतबाट उपचार प्राप्त गर्नु पर्ने कुनै युक्तिसंगत कारण विद्यमान भएको पाइँदैन । तसर्थ अनुचित विलम्ब गरी निर्णय भएको करीब ७ वर्षपछि पर्न आएको प्रस्तुत रिटनिवेदनको औचित्यमा प्रवेश गरी निर्णय गर्नु पर्ने अवस्था देखिएन । अतः प्रस्तुत रिटनिवेदनमा विपक्षीबाट लिखितजवाफ झिकाई हेरी निर्णय दिनु पर्ने अवस्था नै विद्यमान नहुँदा यो रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4675 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/12/17 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4675 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
