नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4672 · वि.सं. २०४९
नि.नं. 4672 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकार प्राप्त अधिकारी महानिरीक्षकबाट कारवाही गर्न लागिएको सजायँ समेत खुलाई सम्बन्धित निवेदकलाई सफाई पेश गर्न मौका दिई सो बमोजिम निवेदकसंग स्पष्टीकरण माग गरिएकोमा निजले सफाई पाउनु पर्ने भनी लिएको जिकिर समेतको मूल्याड्ढन गरी अधिकार प्राप्त अधिकारी महानिरीक्षकबाट भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाएकोले त्यस्तो कारवाहीलाई कानुन विपरीत छ भन्ने स्थिति देखिँदैन । (प्रकरण नं. १९) (२) को कस्ले विदेशी मुद्रा निकासी गर्छन सो को रेखदेख चेक गर्ने डिउटी निवेदकको भएकोमा विवाद देखिन्न । निज निवेदकबाट जाँचबुझ भई कुनै विदेशी मुद्रा फेला नपरी पास भई गएका पुनः जाँच हुँदा विदेशी मुद्रा बरामद भएको र निजलाई वागमती विशेष अदालतबाट समेत अभियोग ठहर भई सजायँ भएकोमा विवाद देखिन्न । यस्तो अवस्थामा निवेदकले आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोमा उचित र पर्याप्त कारण थिएन भन्न मिल्दैन । (प्रकरण नं. २१) (३) बढी सजायँ अर्थात् नोकरीबाट बर्खास्त किन नगर्ने भनी सजायँ प्रस्तावित गरेकोमा घटी सजायँ अर्थात् सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको मिल्दैन सो कानुनी त्रुटि हुन्छ भन्ने निवेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा बढी सजायँ प्रस्तावित भएकोमा घटी सजायँ गर्न मिल्छ भन्ने कुरा निवेदक विश्वम्भर पाण्डे विरुद्ध अञ्चलाधीश कार्यालय समेत भएको उत्प्रेषण मुद्दामा पूर्णइजलासबाट मिति २०४९।७।६ मा सिद्धान्त प्रतिपादित भएकोले निवेदकलाई नोकरीबाट हटाएको मिल्दैन कानुनी त्रुटि भयो भन्ने विद्वान अधिवक्ताको भनाईसंग सहमत हुने स्थिति छैन । (प्रकरण नं. २२) (४) अधिकार प्राप्त अधिकारी प्रहरी महानिरीक्षकबाट कानुन बमोजिम स्पष्टीकरण लिई सोही स्पष्टीकरणको आधारमा प्रहरी महानिरीक्षकले भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी भएको निर्णयलाई त्रुटिपूर्ण भन्न मिलेन । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4672 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4672 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
