नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4668 · वि.सं. २०४९
नि.नं. 4668 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं. ८३ को देहाय (१) मा “सोह्र वर्ष नपुगेका नाबालक वा उमेर पुगेका भए पनि वृद्धावस्था वा कुनै किसिमको कडा रोगले गर्दा होस ठेगानामा नभएको वा बौलाएको वा दुवै आँखा नदेख्ने अन्धा अन्धी वा बक्क लाटालाटी मानिसहरुको र विदेशमा गई फर्की आउने ठेगाना नभएका मानिसको हक पुग्ने जुनसुकै कुरामा नालिश, प्रतिउत्तर, पुनरावेदन निवेदन दिन वा मुद्दा मामिला सम्बन्धी अन्य कुनै काम कारवाही गर्नु पर्ने भएमा अड्डाको अनुमति लिई ती मानिसहरुको एकाघर संग बसेका सोह्र वर्ष नाघेका हकवालाले हदम्याद भित्र गर्न पाउने छ” भन्ने लेखिएको र अ.बं. ८३ को देहाय २ मा “माथि दफा १ मा लेखिए बमोजिम एकाघरका हकवाला नभएमा सोही दफामा लेखिएका व्यक्तिको हकमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फबाट नालेश, प्रतिउत्तर, पुनरावेदन, निवेदन दिन वा मुद्दा मामिला सम्बन्धी अन्य कुनै काम कारवाही गर्न पाउनेछ” भन्ने लेखिएको पाइन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा फिराद दायर गर्नको लागि नाबालक बच्चाको आमा संरक्षकको हैसियतले आएको पाइन्छ । अ.बं. ८३(३) मा “माथि १ र २ दफामा लेखिएको अवस्थामा त्यस्तो कारण परेको हो होइन पहिले त्यसको सबूद बुझी हो रहेछ भने वारेस अख्तियारनामा नभए पनि सो रेखदेख गर्ने व्यक्ति संरक्षक वा हकवालाले त्यस्ता व्यक्तिको तर्फबाट सो दफाहरुमा लेखिए बमोजिम मुद्दा मामिला सम्बन्धी काम कारवाही गर्न हुन्छ” भन्ने लेखिएको पाइन्छ । यसबाट निवेदिकाले आफ्नो छोराको तर्फबाट संरक्षक भई फिराद दायर गर्न अनुमति मागेकोले अ.बं. ८३ को (१) र (२) आकर्षित हुनेमा विवाद देखिन्न र सो बमोजिम अनुमति मागेकोमा अ.बं. ८३ को (१) र (२) मा लेखिएको अवस्थामा त्यस्तो कारण परेको हो होइन सो सम्म हेरी अनुमति दिनु पर्ने नपर्ने निर्णय गर्नु पर्नेमा सो नगरी अंशबण्डाको १९(१) नं. र लेनदेन व्यवहारको १० नं. समेतको विवेचना गरी अनुमति नदिने गरेको का.प.जि.अ.को आदेश र सो सदर गरेको बा.अं.अ. को आदेश र रिट खारेज गर्ने गरेको यस अदालत संयुक्तइजलासको निर्णय समेत मिलेको नदेखिने। (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4668 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/11/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4668 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
