नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4642 · वि.सं. २०४९

नि.नं. 4642 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) के कस्तो विषयको कागज के कस्तो अधिकार भएको अधिकारीले गराउन सक्षम हुन्छ भन्ने कुरा सम्बन्धित अड्डा अदालत, निकाय वा अधिकारीले जानकारी लिनु पर्ने । (प्रकरण नं. १२) (२) आफ्नो अधिकार क्षेत्र नभएको कागज कसैले दर्ता गराउन ल्याएमा त्यस्तो अड्डा, अदालत निकाय वा अधिकारीले सो दर्ता नगरी आफ्नो अधिकार क्षेत्र नभएको कारण जनाई दरपीठ गरिदिनु पर्ने । (प्रकरण नं. १२) (३) कुनै अधिकार विहीन निकाय वा अधिकारीले त्यस्तो दुनियाँदार बीच भएको कागज दर्ता गरेको वा लिएको जे जस्तो भए पनि अनधिकृत काम कारवाहीबाट सम्पन्न भएको लिखतलाई कानुन प्रमाण लगाई कसैको हकहित प्रतिकूल हुन सक्ने अवस्था नआउने । (प्रकरण नं. १२) (४) अनधिकृत किसिमले रहे भएको कागजको कानुनी अस्तित्व स्वतः नरहने भए पनि जिल्ला कार्यालयमा गरेको कागजलाई बदर गराउन उत्प्रेषणको आदेश जारी गर्नु पर्ने हो की भन्ने सम्बन्धमा निवेदक २०४१ सालको कागज बदर गराउन २०४६ सालमा अर्थात ५ वर्षपछि आएको देखिन्छ । यसरी ५ वर्षपछि बदर गराउन रिट दिनु पर्ने कारण र अवस्था सन्तोषजनक रुपले रिटनिवेदनमा देखाउन नसकेको अनुचित विलम्ब गरी आउने रिट निवेदकलाई निजले माग गरे बमोजिमको आदेश जारी गरी रहनु उपयुक्त नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4642
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4642
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्