नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 462 · वि.सं. २०२६
नि.नं. 462 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने । उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) ले पुनरावेदन नलाग्ने गरी बन्देज गरेको भित्र यो मुद्दा पर्न नआएको र उखडा सम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१)(२) बमोजिम सजाय गरेबाहेकको बिषयमा बिषेश अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन लाग्न सक्ने सिद्धान्त कायम गरी निवेदक जगदम्बाप्रसाद विपक्षी उखडा ट्राइबुनल नं.१ भैरहवा समेतको परमादेशको आदेश जारी गरिपाउँ भन्ने रि.फु.नं.४ को केशमा २०२३।९।२९।६ को फुल बेञ्चको बहुमतबाट फैसला भइराखेको समेत देखिएकोले यस्तो जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने नै देखियो । (प्रकरण नं. ९) (२) अधिकार क्षेत्र बाहेकको मुद्दा हेरे छिनेमा–अ.बं.३५ नं. बमोजिम बदर गराउन कानूनअनुसार पुनरावेदनको मार्ग अपनाउनु पर्ने । २ जना मात्रै सदस्य रही गरेको फैसला कानूनबमोजिम भएको मान्न नमिल्ने भएकोले यस्तो फैसला उपर पुनरावेदन गर्न पाउने कुराको प्रश्नै उठ्न नसक्ने भन्ने निवेदक कल्पराज बनिया विपक्षी उखडा ट्राइबुनल समेतको रि.फु.नं.१३ समेतको केशमा २०२४।८।२६।३ को फुल बेञ्चको बहुमतबाट निर्णय भइराखेको भन्ने हकमा अ.बं.३५ नं. मा गैरअड्डाले कानूनबमोजिम आफुले हेर्न हुने मुद्दा बाहेक अरु मुद्दा हेर्न हुदैन । हेरी छिनेको भए पनि बदर हुन्छ भन्ने व्यवस्था भएको, यदी कुनै अड्डा अदालतले आफ्नो अधिकार क्षेत्र बाहेकको मुद्दा हेरे छिनेको छ भने उक्त अ.बं.३५ नं. बमोजिम सो बदर गराउनलाई कानूनबमोजिम पुनरावेदनको बाटो अपनाउनु पर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 462 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2025/07/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंहसँग राय नमिलेकोले फुल बेञ्चमा पेश गरी निर्णय भईआएबमोजिम गर्नु भन्ने मा.न्या. श्री हेरम्बराजको राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 462 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
