नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4613 · वि.सं. २०४९
नि.नं. 4613 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मलाई पक्राउ गरी थुनामा राखेको प्रमाणित हुँदा हुँदै पक्राउ नपरेको भनी अदालतमा झुठ्ठा जिकिर लिएतर्फ निवेदिकाले अवहेलना मुद्दा दिई यसै अदालतमा विचाराधीन रहेकोले सो तर्फ अवहेलना मुद्दाबाट कानुन बमोजिम निर्णय हुने स्थिति हुँदा हाल निवेदिका थुनामा नरहेको अवस्थामा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने अवस्था नरहने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4613 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2049/08/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4613 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
