नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4612 · वि.सं. २०४९
नि.नं. 4612 — आदेश बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुनी व्यवस्थाबाट दुई पक्ष बीच भएको मुद्दामा फैसला, डिसमिस, मिलापत्र खारेज भएको अवस्थामा अर्काको हक पनि गएको रहेछ भन्नाले कुनै तेस्रो पक्षको हक जाने भएको स्थितिमा निजलाई उजूर गरी आफ्नु हक कायम गराउन अधिकार प्रदान गर्नको लागि यो कानुनी व्यवस्था भएको हो । सोही मुद्दाका पक्ष विपक्षलाई त सोही मुद्दाकै जरियाबाट पुनरावेदन निवेदन आदिको विभिन्न बाटो अवलम्बन गरी न्याय प्राप्त गर्ने बाटोहरु प्राप्त नै हुन्छन् । अतएव यस मुद्दाका वादी मुद्दाकै पक्ष भएको व्यक्ति हुँदा निजलाई अ.बं.८६ नं.बमोजिम उजूर गर्न पाउने अधिकारयुक्त व्यक्ति मान्न नमिल्ने । (प्रकरण नं. १६) (२) मुद्दा सकार गराई लिएकोलाई अ.बं. ८६ नं. को अर्थमा फैसला डिसमिस, मिलापत्र खारेज भएको भन्न पनि मिल्दैन । सकार गराई दिएकोलाई कारवाही भएको सम्म मान्नु पर्ने । (प्रकरण नं. १७) (३) बेरीतको कारवाही भएको अवस्थामा कानुनी उपचारको मार्ग छँदा छँदै त्यसलाई नअंगाली मुद्दा फैसला डिसमिस मिलापत्र खारेज भएको अवस्थामा तेस्रो पक्षले मात्र अवलम्बन गर्न पाउने अ.बं. को ८६ नं. को मार्ग अवलम्बन गरी दिएको नालेश लाग्न नसक्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4612 |
|---|---|
| मुद्दाको विषय | आदेश बदर |
| निर्णय वर्ष / मिति | 2049/09/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4612 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
