नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4610 · वि.सं. २०४९

नि.नं. 4610 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को तत्कालीन दफा २७ अन्तर्गत शाही नेपाल वायु सेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ बनेको छ । तत्कालीन ऐनको दफा २७ मा नियम बनाउने अधिकार शाही नेपाल वायुसेवा निगमलाई सुम्पिएकै पाइन्छ । २०३४ सालमा मात्र मूल ऐनको दफा २७ संशोधन भई सो नियम बनाउने अधिकार श्री ५ को सरकारलाई सुम्पिएको पाइएबाट प्रस्तुत नियम तत्कालीन ऐनले दिएको अधिकार बमोजिम नै शाही नेपाल वायु सेवा निगमले बनाएकोले उक्त नियम अमान्य भन्ने स्थिति नरहने । (प्रकरण नं. ९) (२) जस्को निर्णय बदर गराउन निवेदक आएका छन् उसैलाई विपक्षी नबनाई निवेदन परेको अवस्था हुँदा यस्तो अवस्थामा रिट जारी गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १०) (३) निवेदकलाई लोक सेवा आयोगको संस्थामा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०४३ को दफा ६.४(३) र ६.१(४) को साथै शा.ने.वा.नि. का कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम १२.२.१ बमोजिम कारवाही गरी सेवाबाट हटाएको देखिँदा गैरकानुनी रुपले निर्णय गरी सेवाबाट हटाएको भन्न नमिल्ने । (प्रकरण नं. १०) (४) जसको निर्णय बदर गराउन रिटनिवेदन परेको हो निजलाई रिटनिवेदनमा विपक्षी नबनाएको तथा निवेदकलाई अधिकार प्राप्त निकाय तथा अधिकारीबाट ऐन नियमले गरेको व्यवस्था अनुसार नै सेवाबाट हटाउने कारवाही तथा निर्णय भएको समेत देखिएकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4610
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/09/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4610
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्