नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 461 · वि.सं. २०२६

नि.नं. 461 — बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोगबन्धकी तथा राजीनामामा उल्लेखित जग्गा मिलेमा–रजिष्ट्रेशन मार्फत पतिले गरेको तमसुक मुताविक पतिको मृत्यु पछि पत्निले तिर्न पर्ने रुपैया पत्नि गरेको राजीनामा वापतको महलमा जनिएमा–भोगबन्धकी भन्ने जिकिरमा अरु शंका गरिरहन नपर्ने । उक्त भोगबन्धकी र राजीनामा लेखिएको जग्गा मिल्न आएको र सो राजीनामा वापतको महलमा मेरो लोग्ने बाबुराम खत्रीले यसै रजिष्ट्रशन मार्फत ८२।९।१५।६ मा गरिदिएको तमसुकबमोजिम निज लोग्ने मरी मैले तिर्नु पर्ने रु.१२०। भन्नेसमेत जनिएको पनि देखिन आएको समेत हुँदा भोग बन्धकी भन्ने निवेदकको जिकिर तर्फ अरु शंका गरिरहनु परेन । (प्रकरण नं. ९) (२) कुत अंकमा दुई पक्षको मुख नमिलेमा–कुतको कबुलियत पेश नभए समेतमा सँधियार बुझी उब्जनीबाट कुतको अड्ढ कायम गरी भराउने भन्ने पहिलो डिभिजन बेञ्चको इन्साफ मनासिव हुने । २०१३।१४।१५ सालको कूत बाली दिलाई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा कूत अंकमा घटी बढी भन्ने भई दुइपक्षको मुख नमिलेको र कूतको कबुलियतसमेतको लिखत सबूद पेश हुन नआएको समेत यस स्थितिमा सँधियारहरू बुझी उब्जनीबाट कूतको अंक कायम गरी भराउने गरेतर्फ निवेदक प्रतिवादीको हाल कुनै जिकिर नभएकोसमेत हुँदा २०२२।४।२९।६ मा डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.461
मुद्दाको विषयबाली
निर्णय वर्ष / मिति2025/05/15
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 461
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्