नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4606 · वि.सं. २०४९

नि.नं. 4606 — अदालतको अवहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतका न्यायाधीश, कर्मचारी तथा अदालती कारवाहीमा सरिक कानुन व्यवसायीहरुलाई कर्तव्यबाट विचलित गराउन खोज्नु, उनीहरुको मान सम्मान वा मर्यादामा आँच पुर्‍याउनु, अदालतको आदेशको अवज्ञा गर्न, न्याय प्रशासनमा अनावश्यक दख्खल वा हस्तक्षेप पुर्‍याउने कार्यलाई अदालतको अवहेलना मानिने । (प्रकरण नं. १६) (२) वास्तवमा यो यस्ता कार्यबाट मात्र अदालतको अवहेलना हुन्छ भनी प्रष्ट रुपमा किट्न वा सीमा रेखा तोक्न संभव नहुने भएर नै विधायिकाले के कस्तो क्रियाबाट अवहेलना हुन्छ भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार स्वयं अदालतलाई नै छोडी दिएको देखिने । (प्रकरण नं. १६) (३) अदालत प्रतिको जनआस्था हराउने वा अदालतको सम्मान वा गरिमामा आँच आउने वा न्याय सम्पादनमा बाधा व्यवधान उत्पन्न हुने जस्तोसुकै कार्यले अदालतको अवहेलना हुने । (प्रकरण नं. १६) (४) अदालतबाट हुने कुनै पनि निर्णय पुनरावेदन, दोहोर्‍याई हेर्ने, पुनरावलोकन, साधक वा अन्य यस्तै कानुनी प्रकृयाको अवलम्बनबाट पुनः मूल्यांकन वा पुनरावलोकन कुनै भएमा बाहेक, त्यस्ता निर्णयहरु सोही अदालतको लागि अन्तिम भएर रहने । (प्रकरण नं. १६) (५) मुद्दा अन्तिम भएपछि सो मुद्दाको निर्णय मुद्दाका पक्षहरुको लागि कानुन सरह मान्य भई लागू हुने । (प्रकरण नं. १६) (६) निर्णयहरुलाई कार्यान्वयन गर्नबाट कानुन बमोजिम बाहेक कोही कसैले पनि रोक्न नमिल्ने । उच्च पदस्थ कर्मचारीहरुको लागि यस्तो कार्य गर्न झनै नसुहाउने । (प्रकरण नं. १६) (७) न्यायिक निर्णय उपर पुनरावेदन नपरी अन्तिम भइरहेको निर्णय बमोजिम निवेदकको नाममा दर्ता समेत भएकोमा सो निर्णय कार्यान्वयन गर्न अवरोध खडा हुने गरी विपक्षीहरुबाट भए गरिएका कार्यहरु स्वयंमा नै न्यायिक निर्णय कार्यान्वयनमा रोक लगाउने उद्देश्यले गरिएको देखिने । (प्रकरण नं. १६) (८) सर्वोच्च अदालतबाट भएको निर्णयहरु कार्यान्वयन गर्न श्री ५ को सरकारबाट पुनः अर्को निर्णय गराउनु पर्ने हुन जाने हो भने न्यायिक निष्पक्षता र स्वतन्त्रताको कल्पनासम्म पनि गर्न सकिन्न र अदालतबाट हुने निर्णय केवल कागजी न्यायमा सीमित हुन जान्छ जसबाट न्याय प्रशासनको उद्देश्य नै विफल हुने भई अदालती निर्णयहरु निश्प्रभावित हुन पुग्दछन् जस्को परिणाम स्वरुप अदालत प्रतिको जनआस्था समाप्त हुन जान्छ । तसर्थ अदालतबाट भएको निर्णय आदेशको अवज्ञा तथा अनादर गर्ने गरी विपक्षीको पत्र आदेश समेतबाट अदालतको मर्यादामा आँच आउने देखिदा अवहेलना भएन भन्न नमिल्ने । (प्रकरण नं. १६) (९) मुद्दा दोहरिई अदालतमा विचाराधीन रहेको भए पहिला भएको निर्णय पुनर्विचार गरिने हुनाले सो निर्णयलाई अन्तिम नमानी कार्यान्वयन योग्य नमानिन सक्दथ्यो तर सो बमोजिम दोहोरी नसकेको अवस्थामा केवल दोहोर्‍याउन निवेदन दिँदैमा अदालतबाट भएको आदेशको कार्यान्वयन नगर्ने नगराउने गर्न मिल्दैन । यस्तो कार्यबाट अदालतको अवहेलना हुने भई त्यस्तो गर्ने गराउने व्यक्ति कानुन बमोजिम सजायँ भागी हुने । (प्रकरण नं. १६) (१०) कार्यालय वा संगठित संस्थाबाट त्यस्तो कार्य भए गरेमा त्यस्तो कार्य गर्न गराउन निर्णय गर्ने र सो निर्णय बमोजिम त्यस्तो कार्य गर्ने व्यक्ति आपराधिक दायित्व बहन गर्नु पर्ने । कार्यालय वा संगठित संस्था स्वयंले कुनै अपराध गर्ने नभई त्यसमा कार्य गर्ने व्यक्तिले अपराध गर्ने र अपराधिक दायित्व पनि तिनैले वहन गर्नु पर्ने हुन्छ । त्यसैले कार्यालय वा संगठित संस्थाहरुबाट भएको अवहेलनामा सम्बन्धित कर्मचारीहरुले नै त्यसको अपराधिक दायित्व वहन गर्नु पर्ने । (प्रकरण नं. १७) (११) आदेशलाई नमान्ने मनसायले ती अधिकृतहरुले आदेश कार्यान्वित नगरेको देखिन्न । मुद्दा दोहर्‍याउन निवेदन दिई सो यकीन भए पनि जग्गा दर्ता कायम गर्ने र वन क्षेत्रको जग्गा छुट्याउने गरी कारवाही स्थगित गर्ने गरी आदेश गरेको देखिन आएको र लिखितजवाफमा पनि सोही कुरा व्यक्त भएको देखिँदा एकपटकलाई आइन्दा यस्तो नगर्नु भन्ने नसिहतसम्म दिनु पर्याप्त हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4606
मुद्दाको विषयअदालतको अवहेलना
निर्णय वर्ष / मिति2049/01/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको रायसंग सहमत हुन नसक्दा स.अ.नियमावली बमोजिम निर्णयार्थ पूर्णइजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय रहेछ । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको अवहेलना नठह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय रहेछ । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय सदर हुनु पर्ने होइन भन्ने बहस प्रस्तुत गर्नु भयो ।
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4606
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्