नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4605 · वि.सं. २०४९
नि.नं. 4605 — १ - उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पेटेन्टहरु राष्ट्रियहितको लागि गोप्य राखिएकोले नेपाल राजपत्रमा प्रकाशित नभएको भन्ने विपक्षी उद्योग विभागको लिखितजवाफबाट देखिन्न । कानुनले जुन पेटेन्टहरु नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्छ भनी अनिवार्यता तोकेको छ सो प्रकाशित नभए गरेको कारणबाट त्यस्तो पेटेन्टको नक्कल दिन पर्दैन भन्ने कुरा कानुनसम्मत नदेखिने । (प्रकरण नं. १९) (२) आफ्नो विरुद्धमा परेको उजुरी सम्बन्धी समुचित व्यहोरा एवं सबूद प्रमाणको नक्कल समेत हेरी आफ्नो भएको सफाइको व्यहोरा र तत्सम्बन्धी प्रमाण समेत पेश गरी खण्डन मण्डन गर्न पाउने अवसर निवेदकलाई प्रदान हुनु पर्ने प्राकृतिक न्याय सिद्धान्तको प्रक्रियागत अनिवार्यता रहेको देखिने । (प्रकरण नं. २१) (३) नक्कल पनि नदिने एवं पछि निवेदकको उत्पादन बन्द गर्ने निर्णय गरिसकेपछि सो निर्णयको प्रतिलिपि समेत नदिने हो भने निवेदकले के कुराको आधारमा के कस्तो प्रमाण सहित आफू उपरको आरोप खण्डन गर्ने हो त्यो नै निश्चित हुँदैन । अतः विपक्षी उद्योग विभागले निवेदकलाई लेखेको पत्रबाट प्राकृतिक न्याय सिद्धान्तको उपेक्षा गरिएको देखिँदा सो पत्र र निवेदकलाई नक्कल नदिने विषयमा भएको निर्णय लगायतका सम्पूर्ण काम कारवाही त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4605 |
|---|---|
| मुद्दाको विषय | १ - उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4605 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
