नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4601 · वि.सं. २०४९
नि.नं. 4601 — जोत दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा जगन्नाथ गुठीको हो भन्नेमा विवाद छैन । उक्त जग्गामा वादीले घर बनाई बसी आएको पनि देखिन आएको छ । उक्त जग्गा मध्येकै जग्गामा न.नं. ५ मा ३ तले टायल छाना भएको घर रहे भएको नक्शाबाट देखिएको छ । उक्त घर नापी हुँदाकै बखतमा भएको पनि नक्शाबाट प्रष्ट हुन्छ । उक्त घर गुठी संस्थानले बनाएको भन्ने प्रमाण कही कतैबाट देखिन आउँदैन । जब गुठी संस्थानले त्यो घर बनाएको छैन र त्यहाँ घरबार बनाई वादी बसी आएको छ भने विन्तिपत्रवालाका बाबुले सो घर बनाएको होइन भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १७) (२) गुठी लगतमै दर्ता नभएको गुठीलाई राजगुठी मान्न नमिल्ने । (प्रकरण नं. १७) (३) गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त ऐन आए पश्चात पनि जोताहामा वादीको बाबुकै नाम कायम रही विवादित घर जग्गा समेत वादीले नै भोग गरी कमाई आएको अवस्थामा त्यसरी बाबुको मृत्यु पश्चात निजको जोताहा हक निजको छोरामा सर्दैन भन्ने अर्थ गर्न कानुन न्याय एवं विवेकले समेत नमिल्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4601 |
|---|---|
| मुद्दाको विषय | जोत दर्ता |
| निर्णय वर्ष / मिति | 2049/08/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4601 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
