नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4599 · वि.सं. २०४९
नि.नं. 4599 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कागज करकापसंग गराएको भनी यी वादीले यिनै प्रतिवादीहरु समेत उपर नालेश उजूर गरेकोमा करकाप गरेको नठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ सदर भई क्षेत्रीय अदालतबाट निर्णय भई अन्तिम रुपमा रहेको समेतबाट उक्त लिखतमा उल्लेख भएको व्यहोरा वादीले स्वइच्छाले गरेको देखिनुको साथै सो लिखत वादीको विरुद्ध प्रमाणमा लाग्दैन भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) वादी प्रतिवादीहरुले भूमिसुधार लागू हुँदाका बखत १ नं. तथा ७ नं. फाराम भरी पृथक पृथक पारिवारिक लगत देखाई सो आधारमा दर्ता गरी ज.ध.प्र.पु. समेत प्राप्त गरेको तथा वादी प्रतिवादी बीच बण्डापत्रको रीतपूर्वकको कागज नभए पनि मिसिल संलग्न कागज तथा व्यवहार प्रमाणबाट बण्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4599 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2049/05/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4599 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
