नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4592 · वि.सं. २०४९

नि.नं. 4592 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आरोपित कसूर गरेको प्रमाण तत्काल विद्यमान भए नभएको आधारमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्ने । (प्रकरण नं. १४) (२) निवेदक उपर ज्यानसम्बन्धी महलको १७(२) नं.अन्तर्गत ज्यान मार्न संयोग पारी दिएको भन्ने अभियोग लगाई मुद्दा चलाएको देखिएको तर सो संयोग पारिदिने यो यस्तो कार्य निवेदकले गरेको, यो यस्तो तत्काल प्राप्त प्रमाणबाट देखिएको भन्ने शुरु जिल्ला अदालतको आदेशमा उल्लेख भएको नदेखिंदा उक्त आदेश कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १४) (३) निवेदकको के कस्तो कार्यबाट मृतकको ज्यान मार्नमा संयोग परेको भन्ने उल्लेख नभएको जाहेरी दर्खास्तलाई आरोपित कसूर गरेको देखिने तत्काल प्राप्त प्रमाण मान्न कानुनसंगत हुने नदेखिने । (प्रकरण नं. १४) (४) थुनछेकको आदेश गर्दा प्रत्येक अभियुक्तहरुले यो यस्तो अपराधजन्य कार्य गरेको भन्ने कुराको प्रतिव्यक्ति प्रमाण हुनु पर्ने यी निवेदक समेतका प्रतिवादीहरुका सम्बन्धमा केवल गोश्वारा रुपमा कसूरदार हो भन्ने मनासिब प्रमाण भएको हुँदा थुनामा राखी पूर्पक्ष गर्नु भन्ने आदेश भएको समेत अ.बं. ११८(२) नं.को मनसाय अनुकूल नदेखिने । (प्रकरण नं. १४) (५) निवेदकलाई अभियोगसंग प्रत्यक्ष रुपले सम्बन्धित तत्काल प्राप्त प्रमाणहरुको अभावमा अ.बं. ११८(२) नं.अन्तर्गत थुनामा राखी मुद्दाको पूर्पक्ष गर्ने गरेको जिल्ला अदातलको आदेश र सो लाई सदर गरेको पुनरावेदन अदालतको आदेश समेत त्रुटिपूर्ण भई त्यस्तो त्रुटिपूर्ण आदेशको आधारमा निवेदकलाई थुनामा राख्ने गरेको गैरकानुनी देखिंदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4592
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2049/07/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4592
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्