नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 459 · वि.सं. २०२६

नि.नं. 459 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बण्डा भइसकेको–पछि अंश जोडिएको भन्ने दावी भएमा र प्रतिवादीले “यती मात्रै जोडिएको” भन्ने जिकिर लिएकोमा सो को सबूद प्रमाण गुजार्न नसके–अंश जोडिएकै मान्नु पर्ने । केही लर लगानी र मधेश बौका चापको जग्गासम्म एकैठाउँमा राखी व्यवहार गर्ने गरेको हो । फेरि अंश जोडिएको सगोलमा बसी आएको होइन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यतीमात्र एकैठाँउमा राखी व्यवहार गर्ने कुराको लिखत सबूद कुनै दिनसकेको देखिन आएन । निज प्रतिवादी मीनबहादुरले कुमारजित जमिसंगको नासो धरौट अन्न भराइपाउँ भन्ने मुद्दामा वादीलाई वारेस राख्दा २०१५।७।१७।१ को वारेसनामामा एकाघरको भाइ भन्ने लेखिएकोमा निज प्रतिवादीले कुनै बिरोध गर्न नसकेको र २०१८।३।१७।७ जो बण्डापत्रमा १२ सालको बण्डापत्रबाट प्रतिवादीको भागमा परेको सित्रिबोटे खेत खोलो लागी नोक्सानी पर्दा त्यसको सट्टा वादीको बण्डाबाट पाउने उल्लेख भएको सवै अंश मिसाई सगोलमा बसेको नभए त्यस किसिमसँग सट्टा भर्ना दिन पाउने कुरा उठन नसक्नेसमेत हुँदा १२ सालमा बण्डा भएपछि पनि वादी प्रतिवादी २ भाइ अंश मिसाई मानु जोडिएका घर सगोलमा बसी आएको प्रमाणित हुन्छ । (प्रकरण नं. ११) (२) मानु छुट्टिएको रीतपूर्वक लिखत सबूद नभएमा नालेस परेको अघिल्लो दिन कायम हुने । अब अंशबण्डा गरी दिनलाई मानु छुट्टिएको मिति कुन कायम हुने हो भन्नेतर्फ मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वक लिखत सबूद नभएकोले प्रस्तुत नालेस परेको २०१८।६।१६।२ को अघिल्लो दिन ऐ.१५ गते कायमहुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.459
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2025/05/12
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 459
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्