नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4587 · वि.सं. २०४९

नि.नं. 4587 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी पुनरावेदकले खुकुरी जस्तो जोखिम हतियार प्रयोग गरी सोही प्रहारबाट लागेको चोटबाट थला परी सेप्टीक भई मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिंदा प्रतिवादीले ज्यानसम्बन्धीको १३ (१) को अपराध गरेको ठहर्‍याएको मनासिब ठहर्ने । (प्रकरण नं. २१) (२) प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय निहित रहेको नभई रिसको आवेगमा आफ्नो साथमा रहेको खुकुरीले खुट्टामा प्रहार गरेको देखिएको र सो खुकुरीले काटेको घाउ सेप्टिक भएको कारणबाट मृत्यु भएको देखिन आयो । अतः उक्त परिप्रेक्ष्यमा घटित अपराधलाई ध्यानमा राख्दा निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4587
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2049/07/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4587
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्