नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 458 · वि.सं. २०२६
नि.नं. 458 — थैली बुझाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) म्यादभित्र धरौटी राख्न पर्ने नराखेमा–म्याद नाघेको धेरै दिनपछि थैली दाखिल गर्न अड्डाले सुनाउनुपर्ने र अड्डाले सुनाएको ३५ दिनभित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था नभएमा–यसरी पछि धरौट दाखिल गराएको कानूनअनुरुप नहुने । प्रतिवादी परेपछि प्रतिउत्तर परेको ३५ भित्र वादीले थैली धरौट राख्नु पर्ने नराखेको सो म्याद गुज्रेको धेरै पछि त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था भएको नदेखिएकोले अञ्चल अदालतले आदेश गरी धरौट दाखिल गराएको कानूनअनुरुप नहुँदा त्यसप्रकार पछी धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 458 |
|---|---|
| मुद्दाको विषय | थैली बुझाई पाउँ |
| निर्णय वर्ष / मिति | 2025/03/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 458 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
