नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4573 · वि.सं. २०४९
नि.नं. 4573 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अघिल्लो इन्साफ सदर भए नभएको कुरा सो इन्साफले गरेको कसूरको ठहरको उपयुक्तताको निरोपण मात्र होइन, अपराध अनुसारको सजायँको निर्धारण समेतलाई पुनरावेदन तहबाट सदर गरे नगरेको के कसो हो सो समेत हेर्नु पर्ने । (प्रकरण नं. ११) (२) कुनै पनि फौज्दारी निर्णय वा इन्साफको मापदण्ड अन्ततोगत्वा त्यसमा निर्धारित दण्ड सजायँ नै भएकोले तल्लो तहको अदालतले गरेको दण्ड सजायँलाई माथिल्लो तहबाट सदर गर्नु इन्साफ सदर गरेको भन्ठान्नु पर्ने । (प्रकरण नं. ११) (३) माथिल्लो तहको अदालतबाट सजायँ घटाई सजायँ गर्नुलाई इन्साफ आंशिक उल्टी गरेको भन्ठान्नु पर्ने । (प्रकरण नं. ११) (४) सजायँ आंशिक उल्टी गरेकोमा उल्टी नभएको सजायँलाई इन्साफ सदर भएको मानी अ.बं. २०३ नं.को देहाय १ को अर्थ गर्नु सो ऐनको मुख्य व्यहोरासंग अमिल्दो र असंगतिपूर्ण सोही ऐन अन्तर्गतको देहायको अर्थ हुन जाने । (प्रकरण नं. ११) (५) पुनरावेदन गर्ने झगडिया पुनरावेदन फैसलाले पूरै जित्नु पर्ने, आंशिक जितेकोलाई जितेको नमानिने, आंशिक जित्ने झगडियालाई हारेको भनी सजायँ गर्न सकिन्छ भन्नु अ.बं. २०३ नं.को भाषा र मनसाय दुबैले नमिल्ने । (प्रकरण नं. ११) (६) कारागारमा रहेका कैदीहरुलाई असल चाल चलनको कारणले वा के कस्तो आधारमा कतिसम्म कैद मिनाहा मिल्ने हो भन्ने कुरा प्रस्तुत रिटनिवेदनबाट यस अदालतले विचार गर्नु पर्ने विषय देखिँदैन । कैद मिनाहा दिने सम्बन्धमा अख्तियार प्राप्त अधिकारी वा निकायले निवेदकलाई यस प्रकार यो यति कैद मिनाहा दिनेछ वा दिने भएको छ भनी अनुमान गर्न समेत नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4573 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2049/05/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4573 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
