नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4572 · वि.सं. २०४९
नि.नं. 4572 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सजायँ घटाउनु भन्नु र बेग्लै सजायँ गर्नु तात्विक अन्तर पर्ने कुरा हुन् । सजायँ यती यस्तो हुन्छ भन्ने ठहर निष्कर्षमा पुगी सो भन्दा कम सजायँ गर्न कानुनले प्रष्ट शब्दमा प्रतिबन्ध लगाएमा बाहेक नपाउने भन्न न्यायसंगत नहुने किनकी निर्णय गर्ने अधिकारमा कम सजायँ गर्ने अधिकार अन्तरनिहित हुन्छ । ठहरिएको सजायँमा घटाई गरिएको सजायँ ठहर भएकै सजायँको अभिन्न अंग हो । (प्रकरण नं. ११) (२) सजायँ घटाएकोलाई अलग सजायँ मान्न नमिल्ने । (प्रकरण नं. ११) (३) प्राकृतिक न्यायको सिद्धान्त एक कोरा औपचारिकता वा यान्त्रिकतामा आधारित सिद्धान्त नभई सारवान न्याय प्रदान गर्ने सार्थक नियम हो । तसर्थ न्यायको वस्तु तत्वको प्राप्तिमा ठोस सगाउ पुर्याउनु यस नियमको उद्देश्य हो । (प्रकरण नं. ११) (४) कानुनको अनिवार्य नियमको रुपमा परिणत भएको प्राकृतिक न्यायको सिद्धान्तको पालना कारवाहीकै विषयमा के के आधारमा हुन लागेको हो सो को जानकारी दिई आरोपको खण्डन गर्ने मौका दिई तत्पश्चात यो यस्तो सजायँ किन नगर्ने भनी दोश्रो पटक स्पष्टीकरण माग गर्नु पर्ने व्यवस्था उपरोक्त ऐन र नियमले गरेको पाइने । (प्रकरण नं. ११) (५) नेपाल कानुनमा अन्य मुलुकको जस्तो कडा र हल्का सजायँ गर्ने अलग अलग विभागीय कारवाही सम्बन्धी कार्यविधि व्यवस्था गरिएको नभई कडा र हल्का दुबै प्रकारको सजायँमा एउटै किसिमको कार्यविधि भएकाले नेपाली कानुनी व्यवस्थाको परिप्रेक्षमा सजायँ घटाउनु वा हल्का सजायँ गर्ने पनि छुट्टै स्पष्टीकरण माग गर्न पर्ने भनी अनिवार्य नियमको रुपमा लिन नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4572 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/07/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4572 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
