नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4569 · वि.सं. २०४९

नि.नं. 4569 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मदिरा बिक्री वितरणको लागि स्थानको छनौट गरी अनुमतिपत्र प्राप्त गर्ने कुरा निवेदकको हकको विषय होइन । (प्रकरण नं. ९) (२) मदिराको बिक्री वितरणका लागि क्षेत्रगत रुपबाट प्रतिबन्ध वा निषेध गर्न नपाउने कानुनी व्यवस्था नरहेको, मदिरा बिक्री वितरणको लागि निषेधित क्षेत्रमा मदिरा बिक्री वितरण गर्न अनुमतिपत्र नपाएकै कारणबाट निवेदकको पेशा रोजगार गर्ने मौलिक हक हनन हुन गएको भन्ने मान्न कानुनतः नमिल्ने । (प्रकरण नं. ९) (३) जुन हकमा आघात पुगेको परेको भन्ने निवेदन जिकिर रहेको छ सो हक नै निवेदकलाई निर्विवाद रुपमा कानुनतः प्राप्त भएको नभई हुनसक्ने सम्म मात्र देखिन्छ । कानुनतः प्राप्त हुनसक्ने हक, जो प्राप्त भइसकेको छैन, को हनन् हुन सक्ने अवस्था नै नरहने । (प्रकरण नं. १०) (४) मदिरा बिक्री गर्न निषेधित क्षेत्रमा मदिराको बिक्री वितरण गर्ने हक निवेदकलाई संविधान र कानुन समेतले प्रदान नगरेको, देखिन नआएको हुँदा प्रस्तुत रिटनिवेदनमा उल्लेखित आधार प्रमाणबाट देखादेखी निवेदकको मौलिक हक हनन् भएको नदेखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4569
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/05/07
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4569
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्