नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4565 · वि.सं. २०४९

नि.नं. 4565 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकले जुन हक प्रचलन गरिपाउँ भनी रिटनिवेदन दिन आउनु भएको छ सर्वप्रथम त्यस्तो हक संविधान वा कानुनद्वारा संस्थापित भएको हुनु अनिवार्य छ । संविधान वा कानुनद्वारा व्यवस्थित हक बाहेक अरु कुनै किसिमको हक दावीलाई नेपाल अधिराज्यको संविधानको धारा ८८(२) अन्तर्गत प्रचलन गराउने व्यवस्था रहेको नदेखिने । (प्रकरण नं. २०) (२) विपक्षीको पदोन्नती नभएको वा नहुन सक्ने अवस्थामा निवेदकको पदोन्नती हुन सक्ने स्थिति देखिएको खण्डमा त्यस्तो पदोन्नती उपर विवाद उठाउन पाउने हक निवेदकलाई स्वतः रहने र त्यस स्थितिको हकलाई प्रचलन गराउन बाधा पर्ने कुरा पनि नआउने । (प्रकरण नं. २०) (३) विपक्षी सम्भाव्य उम्मेदवार हुनै नपाउने व्यक्तिलाई सम्भाव्य उम्मेदवार बनाई निवेदकको हक हितमा असर पर्ने गरी विपक्षीलाई पदोन्नती समेत दिएको भए सोही अवस्थामा नालेश उजूर नगरी चूप लागी बस्नुलाई उचित कारण मान्न नसकिने । (प्रकरण नं. २१) (४) सबभन्दा कम अंक भएको उम्मेदवारले रिटनिवेदन दिएकै आधारमा त्यस्तो पदमा निजको मात्र बढुवा हुन सक्ने र रिट निवेदन नदिएका निज भन्दा बढी अंक भएका उम्मेदवारको बढुवा नहुने भन्न सो नियमावलीमा कुनै व्यवस्था रहेको नपाइने । (प्रकरण नं. २१) (५) प्रहरी निरीक्षकको सार्वजनिक पद ओगट्ने व्यक्ति गैरकानुनी तवरले पदोनन्ती भएको वा कानुन बमोजिमको योग्यता नै नभएको व्यक्तिको पदोनन्ती भएको इत्यादि अवस्थामा सबैले उजूर गर्न पाउने हो भनी निवेदक पक्षको विद्वानले उठाउनु भएको कुरामा अधिकारपृच्छाको रिट सम्बन्धी विषय यस अदालत समेतबाट प्रचलन नहुने होइन, तर निवेदकले आफ्नो पदोनन्ती एवं आफ्नो हक हित वा सरोकारको विषयमा प्रत्यक्षतः निजी स्वार्थ देखाई आएको प्रस्तुत रिटनिवेदनलाई निवेदक सार्वजनिक विषयलाई लिएर आएको भन्न नमिल्ने । (प्रकरण नं. २२) (६) जुन हक प्रचलनको लागि रिटनिवेदन आएको छ सो बढुवा पाउन सक्ने क्रममा एक त निवेदकको स्थिति नै विद्यमान नभएको र दोश्रो रिटनिवेदन बाहेकका अरु व्यक्तिको तथाकथित हक प्रचलनका लागि निवेदकको दावी नै लाग्न सक्ने समेत नहुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने। (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4565
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4565
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्