नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 454 · वि.सं. २०२५
नि.नं. 454 — परमादेशको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको विषय उक्त दफा अन्तर्गत पर्न नआउने । तत्काल प्रचलित उखडासम्बन्धी ऐन, ०२१ को दफा ८ को उपदफा (२) मा दफा ६ को उपदफा (१) अन्तर्गत ट्राइबुनलबाट गरेको सजायको आदेशमा रु. १००००। भन्दा बढी बिगो भएको मुद्दामा ट्राइबुनलले गरेको फैसला वा निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ भन्ने उल्लेख गरी उक्त दफा अन्तर्गत गरेको सजायको आदेशमा रु. १००००। भन्दा घटि बिगो भएकोमासम्म पुनरावेदन नलाग्ने बन्देज गरेको छ । उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको यस्तो विषय उक्त दफा अन्तर्गत पर्न आउने देखिएन । (प्रकरण नं. ५) (२) विशेष अदालत ऐन, २०१३ का दफा ८ लाई अंगाली उखडासम्बन्धी ऐन, ०२१ को दफा ६ को उपदफा (१) (२) बमोजिम सजाय गरे बाहेकको विषयमा पुनरावेदन लाग्न सक्ने । विशेष अदालत ऐन, २०१३ को दफा ८ लाई अंगाली उखडासम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१) (२) बमोजिम सजाय गरे बाहेकको विषयमा पुनरावेदन लाग्न सक्ने सिद्धान्त कायम गरी २०२३।९।२९।६ को फुल बेञ्चको बहुमतबाट निर्णय भईराखेको समेत हुँदा विपक्षी उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको २०२२।११।२।१ को अन्तिम निर्णय आदेश उपर फुल बेञ्चको उक्त नजिर समेतबाट पुनरावेदन लाग्न सक्ने प्रष्टै भएको छ । (प्रकरण नं. ५) (३) २ जना मात्र सदस्य भएको उखडा ट्राइबुनलको आदेश उपर पुनरावेदन लाग्ने । उखडा ट्राइबुनलको आदेश उपर पुनरावेदन लाग्ने नै भएको र दुईजना सदस्यमात्र रही विपक्षी ट्राइबुनलको आदेशउपर पुनरावेदन लाग्ने नै भएको र ९ जना सदस्य मात्र रही विपक्षी ट्राइबुनलले गरेको निर्णय आदेश कायम हुने नहुने कुराहरू पुनरावेदन तहबाट पनि निर्णय हुन सक्ने नै हुनाले पुनरावेदन गर्न पाउने अन्य उपचारको व्यवस्था छँदाछँदै उत्प्रेषणको आदेश जारी हुन सक्तैन । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 454 |
|---|---|
| मुद्दाको विषय | परमादेशको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2025/05/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 454 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
