नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4534 · वि.सं. २०४९

नि.नं. 4534 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल कानुनले कीर्ते कार्य (Forgery) लाई फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराध (Criminal offence against documents) भनी तोकिदिएको छ । जसअनुसार झुठ्ठा लिखत खडा गरेको, झुठ्ठा काम कुरा गरेको भए पनि कीर्ते हुन सक्ने हुन्छ । जसबाट कसैले कसैको जीउ धन वा हक जाने वा नोक्सान हुने वा सो केही नभए पनि झुठ्ठा काम गर्ने वा झुठ्ठा लिखत खडा गर्ने मानिस आफैलाई वा अरु कसैलाई फाइदा पुग्ने पुर्‍याउने उद्देश्यले सो कार्य अपराधिक मस्तिष्क (Means-rea) लिई मनसायपूर्वक गरेको हुनु पर्ने । (प्रकरण नं. १७) (२) प्रतिवादीबाट वादीको हक मेट्ने वा जाने कुनै लिखत खडा गरेको या काम कुरा भए सो प्रमाणित गर्ने भार पुनरावेदक वादीमा नै निहित रहन जाने । (प्रकरण नं. १८) (३) कीर्ते जस्तो फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराधको पुष्टि केवल फिराद लेखबाट मात्र हुन सक्ने हुँदैन । यसको लागि आधिकारिक प्रमाणको दरकार पर्ने हुन्छ, जो कानुनले निर्देशित गरेको दायरा भित्र समेटिएको पनि हुनुपर्दछ साथै भएको गरिएको कार्यबाट कसैको हकमा आघात परेको समेत देखिनु पर्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4534
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2049/04/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4534
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्