नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 453 · वि.सं. २०२५

नि.नं. 453 — उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश, पुर्जि जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिबन्धात्मक वाक्यांशको व्याख्या–उक्त वाक्यांशले मूल दफाको सन्दर्भमा गर्नुपर्ने–मूल दफामा अंकित भएको बाहेक अन्य शर्त वा बन्देज प्रतिबन्धात्मक वाक्यांशले गरेको छ भनी विस्तृत रुप दिई व्याख्या गर्न नहुने । अतः कुनै दफाको साथसाथ प्रतिबन्धात्मक वाक्यांश पनि राखिएको छ भने उक्त दफाको सन्दर्भमा त्यसको व्याख्या गरिन्छ । मूल दफामा उल्लेख भएका कुरा बाहेक अन्य कुराको लागि पनि प्रतिबन्धात्मक वाक्यांशले शर्त वा बन्देज गरेको छ भनी विस्तृत रुप दिई व्याख्या गर्न हुँदैन । (प्रकरण नं. १०) (२) उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा ३ उखडासम्बन्धी (दोश्रो संशोधन) ऐन, २०२४ को दफा ४ ले गरेको संशोधित रुपमा : उक्त ऐनको दफा ६ को उपदफा १ लगाई साजय गरेको मुद्दा मामिलामा मात्र ६० दिन भित्र पुनरावेदन लाग्ने व्यवस्था–अन्य ऐन लगाई गरेको सजायमा उक्त व्यवस्था नलाग्ने । उक्त उपदफा ३ मा उल्लेख भएको दफा ६ को उपदफा १ लगाई सजाय गरेको मुद्दा मामिला भए मात्र पहिले छिनिएको भए पनि ६० दिन भित्र पुनरावेदन लाग्ने छ भनी उक्त प्रतिबन्धात्मक वाक्यांशले व्यवस्था गरेको प्रष्ट छ । अन्य ऐन लगाई सजाय गरेकोमा पनि उक्त प्रतिबन्धात्मक वाक्यांश अनुसार ६० दिन भित्र पुनरावेदन लाग्छ भन्न नमिल्ने हुन आउँछ । (प्रकरण नं. १०) (३) अन्य ऐन (जस्तो जग्गा मिच्नेको १४ नं.) लगाई सजाय (रु. १००००। भन्दा घटि बिगो भएको) गरेमा–उखडासम्बन्धी ऐनको दफा ८ (२) अन्तर्गत पुनरावेदन नलाग्ने भन्न नमिल्ने । अन्य ऐन (जग्गा मिच्नेको १४ नं.) लगाई उखडा ट्राइबुनलले सजाय गरेमा उक्त ट्राइबुनलको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने । यस्तो जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेकोमा रु. १००००। भन्दा घटी बिगो भएकोमा उक्त दफा ८ (२) अन्तर्गत पुनरावेदन लग्दैन भन्न मिल्ने देखिंदैन । (प्रकरण नं. ११) जग्गा मिच्नेको १४ नं. लाई सजाय गरेको मुद्दामा विपक्षी उखडा ट्राइबुनलको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने प्रष्टै भएको छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.453
मुद्दाको विषयउत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश, पुर्जि जारी गरी पाउँ
निर्णय वर्ष / मिति2024/11/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर थापाको राय
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 453
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्