नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4527 · वि.सं. २०४९
नि.नं. 4527 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट निवेदकले बैंकबाट लिएको ऋण सम्बन्धमा कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ को नियम ३ बमोजिम जाँचबुझ गराउँदा ऋण दुरुपयोग भएको भन्ने प्रतिवेदन पर्न आई ऋणी निवेदकलाई पटक पटक परियोजना संचालन गर्न सूचना दिंदा पनि वास्ता नगरेकोले लिलाम गर्नुपर्ने भई कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ को नियम १२ बमोजिम गोरखापत्रमा सूचना प्रकाशित गरी नियम १६ बमोजिम साक्षीहरुका रोहवरमा डाँक बढाबढ गरी लिलाम गरेको फाइल साथ संलग्न कागजातबाट देखिएको छ । लिलाम बमोजिम नै भएको देखिँदा रिटनिवेदन माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4527 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/11/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4527 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
