नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4519 · वि.सं. २०४९

नि.नं. 4519 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदनको उपचारको लागि आफूले दिनु पर्ने धरौट वा जेथाजमानी दिनु पर्ने कानुनी बाध्यतालाई उछिनेर रिट क्षेत्रबाट प्रवेश गर्ने पक्षलाई सुविधा प्रदान गर्दै जाने हो भने धरौट वा जेथाजमानी राखेर मात्र पुनरावेदन गर्न पाउने कानुनी बाध्यताको कुनै अर्थ नआउने । (प्रकरण नं. १६) (२) यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग कुनै कानुनद्वारा तोकिएको जेथाजमानी राख्नु पर्ने कानुनी अनिवार्यताकलाई निस्कृय गराउनको लागि पनि होइन न त पुनरावेदनका उपचारको विकल्प रिटनिवेदन हुन सक्दछ । रिट निवेदकलाई सजायँ गर्ने गरेको भन्सार अधिकृतको आदेश के कस्तो तथ्यमा आधारित छ सो तथ्यले निवेदकको सम्बन्धमा के कस्ता अपराध कायम गर्छ वा गर्दैन र निकासी पैठारी ऐन, २०१३ वा भन्सार ऐन, २०१९ कुन ऐनको अपराध कायम हुन्छ भन्ने तथ्य र सबूद प्रमाणको जाँचबुझ रिट क्षेत्रबाट निरोपण गर्ने कुरा होइन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4519
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2048/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4519
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्