नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4518 · वि.सं. २०४९

नि.नं. 4518 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐन अ.बं. ७१ख. नं. को रीत पुर्‍याई अ.बं. ७१क. नं. बमोजिम कुनै काम कुरा वा मुद्दा समेत उल्लेख नगरी कुनै व्यक्तिलाई सामान्य रुपको अधिकृत वारिस मुकरर गरेको अवस्थामा बाहेक अन्य अवस्थामा जे जुन काम कारवाही गर्न अख्तियारनामा प्राप्त भएको छ त्यस व्यक्तिलाई सो काम कुरा बाहेक अन्य काम कुरा गर्न पाउने अधिकार निजलाई नरहने । (प्रकरण नं. १३) (२) जग्गा दर्ता गराउन वारेशलाई अख्तियार दिए भन्दा बढी कित्ता नं. खुलाइएको निवेदनको आधारमा शुरु गरी गराइएको उसमा पनि कार्यालय प्रमुखको दस्तखत नभई मुलुकी ऐन कागज जाँचको १ नं. विपरीत भएको बयानलाई कानुनी मान्यता दिन समेत मिल्ने देखिंदैन । किनकि त्यसरी शुरु गरिएको उक्त बयान लगायतको सम्पूर्ण काम कारवाही आरम्भतः शून्य (Void ab intio) को स्थिति रहने । (प्रकरण नं. १४) (३) एकपटक आफूले स्वीकार गरी सकेको कुरालाई इन्कार गर्नु समन्याय (Equity) र सहविचार (Good Conscience) समेतको विरुद्ध मानिन जान्छ र यस्तो काम गर्न व्यक्तिलाई विबन्धनको सिद्धान्त समेतले रोक्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4518
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2049/04/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4518
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्