नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4516 · वि.सं. २०४९

नि.नं. 4516 — हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नापीको सूचना बमोजिम जग्गा नापी गराउन नगएको नाताबाट र जग्गाधनी प्रमाण पूर्जा वितरण हुँदा सो प्रमाण पूर्जा लिन नगएको कारणबाट एकाको जग्गाको हक स्वामित्वको स्वतः समाप्त हुने व्यवस्था जग्गा नाप जाँच ऐन, २०१९ ले गरेको नपाइने । (प्रकरण नं. १८) (२) नापी हुने कुरा राजपत्रमा प्रकाशित हुँदैमा आफ्नो जग्गा अरुको नाउँमा दर्ता भएको थाहा पाउनु पर्छ भन्नु कानुनतः नमिल्ने । (प्रकरण नं. १८) (३) सम्बन्धित जग्गावालाको नाउँमा नापी दर्ता नभएको अवस्थामा त्यस्तो दर्ता बदर गर्ने व्यवस्था जग्गा नापजाँच ऐन, २०१९ मा व्यवस्था नभएकोले अन्य प्रचलित नेपाल कानुनमा भएको व्यवस्था हेर्नु पर्ने । (प्रकरण नं. १८) (४) जग्गा नापजाँच ऐन, २०१९ मा दर्ता बदर तर्फ हदम्यादको व्यवस्था नभएकोले उक्त सिंगो ऐनलाई मात्र भर पर्ने स्थिति पर्दैन । जग्गा नापजाँच ऐन, २०१९ ले गरेको व्यवस्था देखि बाहेकका कुरामा प्रचलित कानुन बमोजिम हुने र उक्त जग्गा नापजाँच ऐन, २०१९ ले जग्गा मिच्नेको महलको १८ नं. ज.प. को १७ नं. लाई समेत खारेज गरेको नपाइने । (प्रकरण नं. १८) (५) जग्गा नापजाँच ऐन, २०१९ को दफा ६क विदेशमा रहेको कुराको सम्बन्धमा हुँदा प्रस्तुत मुद्दामा सो आकर्षित नहुने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4516
मुद्दाको विषयहक कायम
निर्णय वर्ष / मिति2049/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4516
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्