नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4515 · वि.सं. २०४९

नि.नं. 4515 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा अभियुक्तको प्रमाण रहितको इन्कारीले मात्र सफाइको भूमिका निर्वाह गर्छ भन्न मान्न मिल्दैन किनकी इन्कारी प्रमाणबाट पुष्टि भएको हुनुपर्दछ अन्यथा इन्कारीले मात्र निर्दोषिताको पहिचान गर्न युक्तिसंगत नहुने । (प्रकरण नं. २९) (२) कर्तव्य ज्यान मुद्दामा परिबन्दात्मक परिस्थितिलाई अन्यथा गरी कानुन बमोजिम नै सजायँ गर्दा न्यायिक दृष्टिकोणबाट चर्को पर्न जाने हुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुने । (प्रकरण नं. ३१) (३) कुनै पूर्व रिसइवी रहे भएको देखिन नआएको, मार्ने कृयामा संलग्न सम्म भएको स्थिति अवस्थामा जन्मकैद सजायँ गर्दा न्यायिक दृष्टिबाट चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुने । (प्रकरण नं. ३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4515
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2049/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4515
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्