नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4511 · वि.सं. २०४९
नि.नं. 4511 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राष्ट्रसेवक बाहेकका व्यक्ति उपर पनि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही चल्न सक्ने नै देखिने । (प्रकरण नं. ११) (२) रिट निवेदकलाई अभियोगको छानबीनको क्रममा अदालतको अनुमति समेत लिई हिरासतमा राखिएको र छानबीन समाप्त भई नसकेको हुँदा अ.बं. १२१ नं. बमोजिम ऐनको दफा समेत खुलाई थुनुवा पूर्जी दिनु पर्ने भन्ने निवेदकको कथन कानुन संगत नदेखिने । (प्रकरण नं. ११) (३) थुनामा रहने व्यक्तिलाई थुनामा रहनु पर्नाको कारण जानकारी दिने उद्देश्यले थुनुवा पूर्जी दिनुपर्ने व्यवस्था गरिएको र अनुसन्धान पूरा भई नसकेको स्थितिमा कुन ऐनको कुन दफा उपदफा अन्तर्गत आरोप लगाउने हो निश्चित गर्न नसकिने समेत हुँदा ऐनको दफा खुलाई थुनुवा पूर्जी नदिएको अ.बं. १२१ नं. विपरीत भयो भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4511 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2049/02/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4511 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
