नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 451 · वि.सं. २०२५
नि.नं. 451 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम प्रकाशित लगत उक्त नियमको नियम ७ अनुसार विशेष अदालतको निर्णयले मात्र सच्याउन सकिने । भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम निवेदकलाई नै मोही कायम गरी लगत प्रकाशन भएको देखिएको उक्त प्रकाशित लगतबाट निवेदक मोही कायम रहेको देखिएको र सो लगतमा कायम भएको मोहीलाई सो लगत उपर उजुर परी नियम ७ बमोजिम विशेष अदालतको निर्णयले मात्र सो लगत सच्चिन सक्ने अन्यथा लगतबमोजिम निवेदक मोही कायम भईरहने भन्ने कुरा प्रष्ट देखिन आएको छ । (प्रकरण नं. ७) (२) निवेदकलाई कुनै असर नपर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न लिएको जिकीर मिलेको नदेखिने । भूमिसुधार अधिकारीको निर्णयले निवेदकलाई कुनै असर पार्न नसक्ने भएकोले असर नपार्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने निवेदकको जिकीर मिलेको देखिएन । भू.सु. अधिकारीको लिखित जवाफमा २०२२।१।१२।७ को निजको निर्णयबमोजिम सूर्यबहादुर कै जोत कायम गरी लगत प्रकाशित गर्ने भन्ने सङ्केत गरी जवाफ दिएको देखियो । तर उपरोक्त उल्लेख भएबमोजिम नियमम ६ बमोजिम लगत प्रकाशित भईसकेको कानूनले निर्देशित गरेको तरिकाबमोजिम मात्र सो सच्चिन सक्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 451 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2025/06/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 451 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
