नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4508 · वि.सं. २०४९

नि.नं. 4508 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नगर पञ्चायतले हक बेहक परेको बाहेक अरु सडक नाली गल्ली समेतका कुरामा उजूर परेमा जाँची किनारा गर्न सक्ने अधिकार प्रदान गरेको पाइन्छ तर हक बेहक परेकोमा निर्णय गर्न पाउने अधिकार नगर पञ्चायतलाई प्रदान नगरेको । (प्रकरण नं. १९) (२) उजूरवाला तथा प्रतिवादीले मेरो भन्दैमा हक बेहकको प्रश्न उठेको हुने नभई कुनै पनि मुद्दामा वादी प्रतिवादी बीचमा मुख नमिली सबूद प्रमाण बुझी विवाद विषयमा हक निश्चित गर्नु पर्ने हुन आउँछ भने त्यो मुद्दामा हक बेहकको प्रश्न समावेश भएको भन्नु पर्ने (प्रकरण नं. २०) (३) न्यायिक तथा अर्धन्यायिक निकायबाट आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई गरेको निर्णयबाट आफ्नो हकमा असर पर्ने व्यक्ति आफ्नो हकको खोजिमा कानुन तथा नेपालको संविधान बमोजिम असाधारण अधिकार क्षेत्र गुहार्न अदालतमा प्रवेश गर्दछ भने अधिकार बिहिन निकायले गरेको निर्णय कानुनसंगत मान्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4508
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/04/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय भएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४८।९।१० को निर्णय आदेश । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय सदर हुनुपर्दछ भनी बहस गर्नु भयो । प्रत्यर्थी जिल्ला कार्यालय तर्फबाट बहस गर्न उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले का.न.पं. को निर्णय कार्यान्वयन सम्म गरेको हो भन्ने र का.न.पा. तर्फबाट बहस गर्न उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले पर्खाल भत्काई सकिएको छ रिटबाट पर्खाल कायम गर्न सक्ने अवस्था छैन । रिट जारी गर्न निरर्थक हुन्छ । जाँचबाट अरु बाटो छैन भन्ने देखिइराखेको छ । दैनिक आवत जावत गर्नु पर्ने बाटोको विषयमा अधिकार क्षेत्रभित्र रही निर्णय गरेको हुँदा रिट खारेज हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी धनकुमारी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्तले जाँच प्रतिवेदनबाट बाटो देखिएको छ । साविक देखि हिंडी आएको ३ फुटे गोरेटो बाटोमा पर्खाल लगाउन लागेकोले कारवाही गरी खुलाई पाउँ भन्ने उजूर परेको छ । फिल्ड अभिलेखबाट सार्वजनिक देखिन्छ भने त्यस्तोमा निर्णय गर्न पर्दछ विवाद उठाउँदैमा हक बेहक हुन सक्तैन । सन्धीसर्पनको स्थिति देखिंदा न.पं. ऐन | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिब ठहर्छ । जानकारीको लागि यो आदेशको एक प्रति प्रतिलिपि प्रत्यर्थी जिल्ला कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम बुझाई दिनु । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासिब ठहर्छ । रिट जारी गर्ने ठहराएको बहुमतको रायसंग म सहमत नहुँदा आ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4508
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्