नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4504 · वि.सं. २०४९

नि.नं. 4504 — २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.दु.नि.नि., २०३४ का नियम ३७(३) ले हदम्यादको व्यवस्था गरेको र उक्त नियममा प्रचलित कानुनमा नालिश गर्नलाई ६ महीना भन्दा बढी हदम्यादको व्यवस्था भएमा सोही हदम्याद भित्र भनी उल्लेख भएको र प्रस्तुत मुद्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को माग दावी साथ दायर भई सोही ऐनको दफा २४(क) ले विभागीय कारवाही नभएकोमा अनुसन्धानको कारवाही शुरु भएको मितिले २ वर्षको हदम्याद हुनेछ भन्ने व्यवस्था गरेको हदम्याद नाघी नालेश दायर भएको भन्ने जिकिर संग सहमत हुन नसकिने । (प्रकरण नं. ९१) (२) हेचचक्र्याई तत्वको विद्यमानताबाट भ्रष्टाचार वा अधिकारको दुरुपयोग भएकै हो भन्ने निष्कर्षमा पुग्न नसकिने । (प्रकरण नं. ९१) (३) कानुनी कर्तव्यको पालना राष्ट्र सेवकको अनिवार्य शर्त हो । (प्रकरण ९२) (४) फोहर तरिकाले सच्याइएको टेबुल नं. मा पास फेल हुने विद्यार्थीको संख्या नमिलेको मार्कसिट तथा कम्प्यूटर कपिमा सच्चिएको नम्बरहरु देख्दा देख्दै सक्कल कपी नै नभिडाई भएको कार्यबाट रुजूकर्ता प्रतिवादीको उक्त अपराधमा संलग्नता थिएन भनी मान्न नसकिने । (प्रकरण नं. ९२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4504
मुद्दाको विषय२०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने
निर्णय वर्ष / मिति2049/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4504
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्