नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4503 · वि.सं. २०४९
नि.नं. 4503 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मार्नेसम्मको इवी अदावतले चोट छाडेको भए मृतकको टाउको वा शरीरमा अनेकौं त्यस किसिमको चोट आघात छाडेको देखिनु पर्ने, सो समेत नदेखिएकोले बाबु छोरा बीच भनाभन भई मौकामा उठेको रिस आवेशबाट सोही ठाउँ भेटिएको सजीवनको लठ्ठी जस्तो जोखिम रहित सामान्य कुटपिटमा प्रयोग हुने लाठा ढुंगा प्रकृतिको (दाउरा) लठ्ठी प्रयोग गर्दा बुढो उमेरको बाबुलाई टाउको जस्तो मर्मस्थानमा चोट लागी सोही आघातबाट निजको मृत्यु भएको देखिएकोले ज्यान सम्बन्धीको १४ नं. मा वर्णित अवस्था मिल्दो कसूर देखिने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4503 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2049/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4503 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
