नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4497 · वि.सं. २०४९

नि.नं. 4497 — अंश, अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सम्पत्तिको तायदाती नै पेश नभएको अवस्थामा सम्पत्ति लुकाई अंश दपोट गरेको भन्न नमिल्ने । (प्रकरण नं. १७) (२) फिराद ४ मा ३ भागको एक भाग आफ्नो अंश भागको र अर्को १ भाग प्रतिवादीले अंश दपोट गरे वापत निजको भागको समेत गरी विवादको सम्पत्तिको ३ भागको २ भाग आफ्नो नाउँमा कायम गराई पाउँ भन्ने उल्लेख गरेको देखिँदा आफ्नो भागको जग्गामा निजको दावी नभएको भन्न नमिल्ने । (प्रकरण नं. १७) (३) बाबुहरुको अंश छुटिएपछि सो बाबुको सम्पत्तिबाट मात्र छोराहरुको अंश हक लाग्ने हुँदा बाजेको नाउँको सम्पत्तिमा सोझै नातीहरुको अंश हक लाग्ने र सो अनुरुप निजहरुको नाउँमा समेत अंश बण्डा गरिनु पर्ने भन्ने कुरा अंशबण्डाको १ नं. तथा ३ नं. समेतको विपरीत हुने हुँदा प्रस्तुत मुद्दाबाट यी वादी प्रतिवादीको छोराहरुको अंश भाग छुट्याउनु पर्ने भन्ने कुरा नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4497
मुद्दाको विषयअंश, अंश दपोट
निर्णय वर्ष / मिति2048/11/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4497
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्