नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4496 · वि.सं. २०४९
नि.नं. 4496 — उत्प्रेषण मिश्रित परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुनको अर्को उपचारको विकल्प भएसम्म यस्तो अधिकारको संरक्षणको लागि त्यही उपचारको मार्ग अपनाउनु पर्छ सोझै यस अदालतको असाधारण अधिकार क्षेत्रबाट उपचारको माग गर्न मिल्दैन यस्तो अवस्थामा यस अदालतबाट समेत यस्तो अधिकार क्षेत्र ग्रहण गरिनु हुँदैन । (प्रकरण नं. १०) (२) कर विभागको निर्णय उपर पुनरावेदनको अनुमतिको लागि निवेदन दिन सकिने आयकर ऐनको दफा ३४(५) को प्रतिबन्धात्मक वाक्यांशलाई निश्चित कानुनी उपचारको व्यवस्था नै सम्झनु पर्ने । (प्रकरण नं. ११) (३) प्रस्तुत रिटनिवेदन दायर गर्दाका अवस्था सम्ममा वैकल्पिक उपचारको यस्तै प्रश्नहरु समावेश भएको अधिकांश मुद्दाहरुमा यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको प्रयोग गर्दै आइरहेको त्यसबाट यस अदालतले आफ्ना निर्णयहरुद्वारा पुनरावेदनको अनुमति सम्बन्धी व्यवस्थालाई निश्चित उपचारको व्यवस्था मान्न इन्कार गर्दै आई रहेकोले रिट निवेदकले रिटनिवेदन दर्ता गराउँदाको अवस्थासम्म यस अदालतबाट कायम हुन गएको कानुनी स्थिति अनुरुप नै यस अदालतको असाधारण अधिकार क्षेत्रको माध्यमबाट उपचार माग गर्न आएको देखिएकोले वैकल्पिक उपचारको बाटो रहेको भन्ने आधारमा रिट निवेदकलाई प्रस्तुत रिटनिवेदनबाट उपचार प्रदान गर्न इन्कार गर्न पनि न्यायसंगत नदेखिने । (प्रकरण नं. १२) (४) निवेदकलाई दिइएको कर विभागको निर्णयको सूचनासम्म कर कार्यालय विराटनगरबाट निजले मिति २०४६।३।१० मा प्राप्त गरेको र सो सूचना प्राप्त गरेपछि २०४६।८।२० मा निर्णयको नक्कल कर विभागबाट प्राप्त गरी मिति २०४६।१०।२५ मा रिटनिवेदन दर्ता गराएको देखिएबाट निवेदकलाई उपचार प्रदान गर्न इन्कार गर्नु पर्ने हदसम्म निजले अनुचित विलम्ब गरी आएको भन्न समेत न्यायसंगत नदेखिने । (प्रकरण नं. १३) (५) बेरित एवं कानुन विपरीतका सूचनाको आधारमा रिट निवेदकको आय कायम गरी कर निर्धारण गरिएको आदेशलाई समेत कानुन अनुरुप भए गरेको मान्न नसकिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4496 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश |
| निर्णय वर्ष / मिति | 2049/01/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4496 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
