नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4495 · वि.सं. २०४९

नि.नं. 4495 — नापी बदर, दर्ता बदर, दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐनको ८५ नं. मा व्यवस्थित प्रावधान अनुसार कुनै मुद्दाका पक्षहरु एउटै हुँदैमा मात्र प्रस्तुत व्यवस्था लागू हुन सक्दैन र उक्त व्यवस्था लागू हुनको लागि मुद्दाको पक्षहरुको साथ साथै अघिल्लो मुद्दाको विवादको विषय वस्तु (Fact in issue) तथा निक्र्यौल गरिनु पर्ने कुराहरु र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निक्र्यौल गरिनु पर्ने कुराहरु एउटै हुनुपर्दछ र सोही कुराहरुमा अघिल्लो निर्णय केन्द्रित रही मुद्दाको एउटा पक्षले आफूले खोजे अनुसारको उपचार प्राप्त गरेको हुनुपर्छ अन्यथा यो व्यवस्था लागू हुन सक्ने अवस्था नरहने । (प्रकरण नं. १४) (२) तेरो मेरो भन्ने विवाद श्रृजना भए पनि सो विवादको निरुपण भई अघिल्लो मुद्दाको निर्णय भएको नदेखिएको र उक्त अघिल्लो मुद्दाको निर्णय हुनु भन्दा अगावै प्रस्तुत मुद्दा दायर भइसकेको समेत देखिँदा प्रस्तुत मुद्दामा अ.बं. ८५ नं. आकर्षित हुन नसक्ने । (प्रकरण नं. १५) (३) अ.बं. १३९ नं. बमोजिम बुझिएको व्यक्ति कुनै पनि हालतमा वादी कायम हुन नसक्ने । (प्रकरण नं. १६) (४) घरसारमा गरिदिएको राजीनामा प्रतिवादीहरुले पारीत नगरी दिएकोले सो जग्गामा आफ्नो हक स्थापित गराउन यी वादीको बाबु झडिलालले प्रतिवादी उपर लिखत पारीत मुद्दा दायर गरी उक्त मुद्दाका फैसला भई सो जग्गामा वादीको हक स्थापित हुनु अगावै भएको नापीमा वादीले आफ्नो नाउँमा दर्ता गराउने कानुनी आधारको अभावमा दर्ता नगराइएको कारणले मात्र सो जग्गामा वादीको हक समाप्त हुन्छ भन्न समेत मिल्दैन अतः आफ्नो हकै नपुग्ने जग्गा विपक्षी प्रतिवादीले सर्भे नापीमा आफ्ना नाउँमा दर्ता गराए पनि त्यस्तो दर्ताले मान्यता पाउन नसक्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4495
मुद्दाको विषयनापी बदर, दर्ता बदर, दर्ता कायम
निर्णय वर्ष / मिति2049/03/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4495
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्