नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 448 · वि.सं. २०२५
नि.नं. 448 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बक्स भएको हुकुम प्रमांगीमा “लिनु पर्ने निर्णय भएको भने” भन्ने वाक्यांश भएमा–निर्णयकर्ता माथि नै सो निर्णयको कार्य र त्यसको उपयुक्तता इत्यादि छाडेको प्रष्ट हुने–उक्त निर्णय कानून अनुरुप छ छैन भनी हेर्न मिल्ने । उक्त बक्स भएका हुकुम प्रमांगीमा चिनी कारखानाको निमित्त जग्गा चाहिने भई निवेदकवालाहरूको जग्गा लिन पर्ने निर्णय भएको हो भन्ने वाक्यांशबाट चिनी कारखानाको लागि जग्गा अधिग्रहण गर्नुपर्ने नपर्नेतर्फ केही संकेत गरेको देखिंदैन । लिनु पर्ने निर्णय भएको हो भने भन्ने वाक्यांशबाट उक्त निर्णय गर्ने कार्य र त्यसको उपयुक्तता इत्यादि कुरा निर्णयकर्तामाथि नै छोडेको प्रष्ट छ । तसर्थ जग्गा अधिग्रहण गर्ने भन्ने श्री ५ को सरकारको निर्णय कानून अनुरुप छ छैन । सो हेर्न मिल्ने नै देखिन्छ । (प्रकरण नं. १२) (२) जग्गा प्राप्ति ऐन, २०१८ को दफा ३ को खण्ड (ख) मा “सर्वसाधारण जनताको हित हुने कुनै बनाउने काम” भन्नाले प्रत्यक्ष रूपमा सो बनेको कुराको उपभोग सर्वसाधारण जनताले गर्न सक्ने हुनुपर्ने । सर्वसाधारण जनताको हित हुने कुनै बनाउने काम भन्नाले त्यस्तो बनेको कुरा सर्वसाधारण जनताले प्रत्यक्षरुपबाट उपयोग गर्न सक्ने किसिमको हुनुपर्छ भन्ने कुरा प्रष्ट हुन आएको छ । (प्रकरण नं. १६) (३) कारखाना (प्राइभेट लिमिटेड) कानूनको दृष्टिमा एक व्यक्ति सरह यसको फाइदा हुने कुनै कार्य भएमा जग्गा प्राप्ति ऐन, २०१८ को दफा ३ को खण्ड (ख) मा उल्लेखित “सर्वसाधारण जनताको हित हुने बनाउने काम” भन्न नमिल्ने । उक्त खण्ड (ख) मा उल्लेख भएको सर्वसाधारण जनताको हित हुने कुनै बनाउने काम अन्तर्गतको हो भन्ने कुरा भन्न मिल्दैन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 448 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2025/02/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 448 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
